काठमाडौं । कोशी नदीको ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ ।
विराटनगरबाट उदयपुरको गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजबाट तल नदीमा खसेको हो । उक्त बस बिहिवार करिब ६ बजेर ५ मिनेट जाँदा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।
बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार बस खसेको प्रारम्भिक जानकारी पछि प्रहरी टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।