२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

बुढासुब्वा मन्दिरमा बलि चढाउन आउने भक्तजनको घुइँचो

सुनसरी । बोलबम मेला सकिएसँगै सुनसरीको धरान उपमहानगरपालिका – १४ विजयपुरस्थित बुढासुब्वा मन्दिरमा बलि चढाउन आउने भक्तजनको घुइँचो लागेको छ । बुढासुब्वामा साउन महिनाभर भाकल पूरा गर्न र बलि चढाउन बन्द गरिएको थियो ।

विराटनगरकी सुमना खत्री साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न भदौ लागे लगत्तै आएको बताइन् । इलामका अतित तामाङ पनि सुमना जस्तै बुढासुब्वाको भाकल पुरा गर्न आएको बताउँछन् ।

बलि चढाउन खुला गरेसँगै बुढासुब्वामा भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो। बुढासुब्वा आउने भक्तजनले कुखुराको भाले,अण्डा र फलफूल लिएर पूजा गर्न आउने गर्छन् ।

बुढासुब्वामा भाले र गौरिनी मातालाई पोथी वा पोथी नभए अण्डा चढाउने परम्परा छ । मन्दिर नजिकै फूलमाला बेच्दै आएका प्रेम पराजुली साउनमा एक महिना बलि चढाउन बन्द गरिएकाले साउन सकिएसँगै भक्तजनको भीड लागेको बताउँछन्।

भक्तजनको भीड बढेपछि फूलमाला व्यापारीको व्यापार वृद्धि भएको उनले बताए। बुढासुब्वा नजिकै ७० भन्दा बढी फूलमाला व्यापारी छन् । बुढासुब्वाका पुजारी डम्बर आलेमगरका अनुसार बलि चढाउन र भाकल बुझाउन मात्र पाँच हजारभन्दा बढी भक्तजन दैनिक आउने गरेका छन् ।

साउन महिना,सोह्र श्राद्ध,एकादशी,कृष्णअष्टमी,स्वस्थानी पूर्णिमा,रामनवमी लगायतका बेला बुढासुब्वामा बलि चढाउन बन्द गरिने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?