२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

वर्षाका कारण भएका दुर्घटना र बाढीबाट २१५ जनाको मृत्यु

काठमाडाैं । पाकिस्तानमा मनसुन सिजनमा हालसम्म वर्षाका कारण भएका दुर्घटना र बाढीबाट २१५ जनाको मृत्यु भएको छ । जसमा पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ४३ जना घाइते भएका छन् भने जुलाईदेखि शुरु भएको मनसुनमा घाइतेको संख्या ४०५ पुगेको एनडीएमएले जनाएको छ ।

मृतकहरूमा १०८ बालबालिका र ३२ महिलाहरू समावेश छन् । पूर्वी पञ्जाव प्रान्त ८६ जनाको मृत्युको साथ सबैभन्दा बढी प्रभावित क्षेत्र थियो । त्यसपछि उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणी सिन्ध प्रान्तमा क्रमशः ६५ र ३७ जनाको मृत्यु भएको जनाइएको छ ।

दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा १८ जना, पाकिस्तान नियन्त्रित कश्मीरमा पाँच र उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा चार जनाको मृत्यु भएको थपिएको छ । एनडीएमएले उल्लेखित अवधिमा ४४८ गाईवस्तुको मृत्यु भएको र २ हजार ५७५ घर र ३१ पुलमा क्षति पुगेको बताएको छ ।

आगामी ४८ घण्टामा देशका काबुल, सिन्धु र झेलम नदीको माथिल्लो भागमा हल्का वर्षाको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । सरकारले स्वास्थ्य सेवा तथा राहतका लागि ८६ शिविर स्थापना गरी ४ हजार १०२ जनाले उपचार वा राहत पाएको जनाएको छ । मनसुन सिजन दक्षिण एशियाली देशमा सेप्टेम्बरसम्म चल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?