२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

एमपक्स कोभिड भाइरसको नयाँ रुप होइन : डब्लुएचओ

एजेन्सी । मङ्किपक्स ’एमपक्स’ भाइरस र यसको नियन्त्रणबारे पूर्वजानकारी रहेकोका जोड दिँदै यसको प्रकोप अर्को कोभिड–१९ भेरियन्ट नभएको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार बताएको छ ।

,एमपक्स ‘क्लेड १ बी’ भेरियन्टको थप अनुसन्धान आवश्यक रहेको बताउदै संयुक्त राष्ट्र सङ्घले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो । एमपक्स प्रकोपलाई नियन्त्रण गर्न सकिन्छ’, डब्ल्यूएचओका युरोपेली निर्देशक हान्स क्लुगेले भने ।

सन् २०२२ जुलाईमा, डब्ल्यूएचओले एमपक्सको कम गम्भीर भेरियन्ट ’क्लेड २बी’ लाई पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

‘एमपक्स कोभिड भाइरसको नयाँ रुप होइन’, क्लुगेले भने । ‘हामीलाई एमपक्स कसरी नियन्त्रण गर्ने भन्ने थाहा छ । र युरोपेली क्षेत्रमा यसको सङ्क्रमणलाई पूर्ण रूपमा उन्मूलन गर्न आवश्यक अनुसन्धान भइरहेको छ’,उनले जेनेभामा भिडियो–लिङ्क मार्फत बताए ।

‘के डब्लुएचओ युरोपेली क्षेत्रमा लकडाउन गर्न जाँदैछ, यो कोभिड–१९ को नयाँ रुप हो ? भन्ने प्रश्नको जवाफ स्पष्ट छः ‘होइन’, उनले भने ।

क्लुगेले व्यक्तिबीच छालाको सम्पर्क एमपक्स सङ्क्रमण फैलिने मुख्य कारक रहेको बताए । उनले भने, ‘सङ्क्रमण फैलिने अन्य कारण अझै अलि अस्पष्ट छन् । यस विषयमा थप अनुसन्धान आवश्यक छ ।’

डब्लुएचओले मास्क प्रयोग गर्न सिफारिस नगरेको डब्लुएचओका प्रवक्ता तारिक जसारेभिकले बताए ।

‘हामी अहिले विश्वव्यापी खोप अभियान सिफारिस गरिरहेका छैनौँ । हामीले हाल सबैभन्दा बढी जोखिममा रहेका समूहलाई खोप प्रयोग गर्न सिफारिस गर्दैछौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?