२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

अफ्रिका एमपक्स भाइरसको चपेटामा

स्टकहोम । अफ्रिकी महादेशबाहिर एमपक्सको थप सङ्क्रामक भ्यारिएन्टको पहिलो सङ्क्रमण पुष्टि भएको छ । स्वीडेनको जनस्वास्थ्य एजेन्सीले बताएअनुसार
सङ्क्रमित व्यक्ति अफ्रिकामा बस्दा एमपक्सको चपेटामा आएका हुन् ।

अफ्रिकाका केही भागमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालै मात्र एमपक्सलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।

डब्ल्यूएचओले यो रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय बताएको छ । स्वीडेनको जनस्वास्थ्य एजेन्सीका कार्यवाहक प्रमुख ओलिभिया विग्जेलका अनुसार अन्य व्यक्तिमा सङ्क्रमणको जोखिम कम गर्न सकियोस् भनेर सङ्क्रमित व्यक्तिले स्टकहोममा उपचार गराउन आग्रह गरेका थिए ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र सो क्षेत्रभन्दा बाहिर पनि यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका थिए । एमपक्स सङ्क्रामक रोग हो । यसलाई पहिले मंकीपक्स भनिन्थ्यो । अफ्रिकी देश कङ्गोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाइसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?