किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिबाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ । कार्यक्रममा सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि बोतलमा किरा देखिए पछि सजाय स्वरुप उक्त जरिवाना तोकिएको हो ।

गएको शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो ।

यस क्रममा सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि वडा नं ११ का वडा सदस्य यशोमती परियारले पानीमा कीरा सल्वलाएको देखेकी थिइन् ।

कार्यक्रममा उपस्थित महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइयो । अनुगमन समितिकी संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारबाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर उनी निस्किइन् । त्यसपछि कार्यक्रम रोकिएको थियो ।

‘पानीजन्य संक्रमणका जोखिम रहेको अवस्थामा सिल बोतलभित्र अखाद्य बस्तु देखिनु चरम लापरबाही हो । महानगरपालिकाले खानेकुरा तथा पिउने पानीको स्वच्छतामा लापरबाही नगर्न व्यवसायीहरुलाई अनुरोध गर्दै आएको छ ।’

त्यस क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले अनुरोधलाई अटेर गर्नेहरुलाई कानूनी कारबाही गर्नुको विकल्प नरहेको बताइन् ।

तत्काल अनुगमन टोली पुगेर रेष्टुरेन्टबाट नमूना संकलन गरेको थियो । यति प्रक्रिया सकिँदा कार्यालय समयसमेत सकिएकाले त्यस दिन कारबाहीको निर्णय हुन सकेन । यसकारण आज दुषित पानी बिक्री गर्नेलाई २ लाख जरिबाना गर्ने निर्णय भएको हो ।

रेष्टुरेन्टबाट बिक्री भइरहेको पानी काठमाडौँको टोखा नगरपालिका वडा नं ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एण्ड वेवरेज प्रालिले उत्पादन गरेको ‘इको’ व्राण्डको पानी हो ।

खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यसअघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई २ पटक जरिबाना तिराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?