२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

पहिलो यौनसम्पर्कका लागि सही समय

२०१६ मा प्रकाशित नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भे का अनुसार नेपालमा पहिलो यौनसम्पर्कको बेला महिलाहरूको औसत उमेर १७.९ वर्ष र पुरुषको २०.५ रहेको छ।

अधिकांश नेपालीहरूले विवाहपछि पहिलो यौनसम्पर्क राख्ने भएकाले महिलाको भन्दा पुरुषको औसत उमेर बढी भएको स्वास्थ्य मन्त्रालयको अध्ययनमा भनिएको छ।

पुरुषहरूले भने विवाहको ‍औसत उमेरभन्दा पहिलो यौनसम्पर्कको औसत उमेर एक वर्ष अगाडि भएबाट पुरुषले विवाह अगाडि नै यौनसम्पर्क राख्ने सो अध्ययनले देखाएको छ।

नेपालमा ११ प्रतिशत महिलाले १५ वर्ष पुग्नुअघि नै यौनसम्पर्क राख्ने, आधाले १८ वर्ष पुग्दासम्म र तीनचौथाइले २० वर्ष पुग्दासम्म कौमार्य गुमाइसक्ने अध्ययनले देखाएको छ।

सो अध्ययनले १५ देखि २४ वर्षका सहभागी युवामध्ये ४२ प्रतिशत पुरुष र आधा महिलाले यौनसम्पर्क राखिसकेको देखाएको छ।

पहिलो यौनसम्पर्कका लागि सही समय
पहिलो पटक यौनसम्पर्क गर्नुअघि आफैँलाई यी प्रश्न गर्नुपर्छ

# के राम्रो अनुभूति भएको छ?
# के म आफ्नो साथीलाई प्रेम गर्छु?
# के उनले पनि मलाई उत्तिकै माया गर्छन्/गर्छिन्?
# के हामी यौनरोगबाट बच्न कन्डम प्रयोगबारे सल्लाह गरेर सहमतिमा पुगेका छौँ?
# के गर्भाधानबाट बच्न हामीले साधनको जोहो गरेका छौँ?
# के म यौन क्रियाकलापको कुनै पनि अवस्थामा ‘भयो पुग्यो’ भन्ने अवस्थामा छु र के हामी दुबैलाई त्यो ठिक लाग्नेछ?
यदि माथिका सबै प्रश्नको सकारात्मक उत्तर आउँछ भने पहिलो यौनसम्पर्कका लागि उचित समय भएको हुनसक्छ।

तर यदि तलका कुनै प्रश्नको उत्तर सकारात्मक भएमा पहिलो यौनसम्पर्कका लागि समय नभएको हुनसक्छ।

के पहिलो यौनसम्पर्कका लागि साथीले दबाव दिएको अनुभूति भएको छ?
के मलाई यौनसम्पर्क राखिसकेपछि पश्चाताप हुनसक्छ?
के म साथीहरूले पहिलो यौनसम्पर्क राखिसकेकाले वा उनीहरूलाई सुनाउन यसबारे सोचिरहेको छु?
के मैले प्रेमी/प्रेमिका छुट्न सक्छन् भन्ने डरले यौनसम्पर्कबारे सोचेको हुँ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?