काठमाण्डौं , साउन २४ : जुम्ला-काठमाडौं समाजवादी मञ्चको प्रथम भेलाबाट रमेश सी को अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको छ । बिहीबार काठमाडौंको आर.आर क्याम्पसमा सम्पन्न भएको उक्त सम्पर्क मञ्चको प्रथम भेलाबाट उक्त कार्यसमिति गठन गरेको हो ।
मञ्चको कार्यक्रममा प्रमुख अतिथिमा रहेका नेकपाका स्थायी समिति सदस्य सुशील सी ले नेपाली विशेषताको समाजवाद प्राप्तिका लागि सबै मोर्चा खुल्ला गरी ८४ काे निर्वाचन प्रयोग गर्ने बताएका छन् ।उनले पार्टीको निर्णय अनुसार मञ्चले जनताको सेवा र जनसंघर्षका कार्यक्रम अगाडि बढाउने, समाजवादको जनमत सिर्जना गर्ने, माओवादी र वामपन्थी घटकका बिचमा एकता ध्रुवीकरण गर्नुका लागि जुम्ला-काठमाडौं समाजवादी मञ्चले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिए ।
त्यसैगरी सम्पर्क मञ्चको प्रथम भेलाबाट निर्वाचित अध्यक्ष रमेश सी ( विक्रान्त ) ले प्रतिबद्धता मन्तव्यमा एकपटक काठमाडौं रहेर जुम्लाका जनताको र देशैभरीका काठमाडौंमा विभिन्न काममा आउने जनतालाई सेवा गर्ने अवसर पाएको र जिम्मेवारीमा निरन्तरता दिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले एकपटक जुम्लाले काठमाडौंलाई जित्नु पर्ने त्यसका लागि वर्तमान राज्यव्यवस्थाको विकल्पमा नेपाली विशेषताको समाजवादी व्यवस्था प्राप्त गर्न जुम्लाका पछिल्लो पुस्ताले नेतृत्व लिनुपर्ने र निरन्तर जुम्ली जनताको अधिकारका लागि मञ्चले सबैलाई एकताबद्ध गर्ने बताए ।
उक्त भेलाबाट उपाध्यक्षमा संजिता सी ,सचिवमा महेश सी,सह-सचिवमा राजेन्द्र सी ,कोषाध्यक्षमा चन्द्र बहादुर सी लगायत २१ सदस्यीय समिति चयन भएको छ ।
मञ्चको उक्त भेलामा नेकपा संग आबद्ध विभिन्न मोर्चा तथा जनवर्गीय संगठनका नेताहरुको उपस्थिति थियो ।