नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले बढ्दो महँगीविरुद्ध भएको विरोध प्रदर्शनले हिंसात्मक रूप लिएपछि यसलाई रोक्न अपिल गरेका छन्।
नाइजेरियामा विरोध प्रदर्शनको सुरुवाती १० दिनमा ७ जनाको मृत्यु भएको छ। यस अवधिमा ७ सय जना पक्राउ परेका छन्।
टेलिफोन सम्बोधनमा राष्ट्रपतिले भने, ‘मेरा प्रिय नाइजेरियालीहरू, विशेष गरी हाम्रा युवाहरू। मैले तपाईंहरूको कुरा सुनेको छु र तपाईंहरूको पीडा र निराशा बुझेको छु।’
नाइजेरियाका राष्ट्रपतिले आफ्नो सम्बोधनमा केही क्षेत्रमा अराजकतावादी तत्वले विरोध प्रदर्शन गरेको पनि बताए।
राष्ट्रपति टिनुबु देशमा रहेको यो अशान्ति अन्त्य गर्न वार्ता गर्न चाहन्छन्। एजेन्सी