काभा भलिबलमा नेपालले भारतको सामना गर्दैै

काठमाडौं । राजधानीमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार नेपाल र भारतको रोमाञ्चक भिडन्त हुँदैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने यी दुई टोलीबीचको खेल अपरान्ह तीन बजे सुरु हुनेछ। दुबै टोलीबीच रोमाञ्चक भिड्न्त हुने अनुमान गरिएको छ।

जारी लिगमा उत्कृष्ट लयमा देखिएको भारत आयोजक नेपाललाई सोही लयमा पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। यता, नेपाल पाहुना टोली भारतलाई यस लिगमा पहिलो हार चखाउने दाउमा छ।

उपाधिको दाबेदार टाेली नेपालसँगको खेल भारतका लागि तेस्रो हुनेछ। पहिलो खेलमा भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको हो।

लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो।

यता, नेपाल भने पहिलो खेलमा श्रीलंकालाई ३–० को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको थियो। नेपाललाई भारतविरुद्धको खेलमा घरेलु समर्थकको बलियो साथ मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?