२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शीर्ष

काठमाडौं । जारी रहेको पेरिस ओलम्पिकमा अहिलेसम्म ५० देशले पदक जितेका छन्। बुधबार सम्पन्न खेलपछि २९ देशले स्वर्ण पदक जितेका r कुल ५० देशले पदक जितेका हुन्।

जसमा चीन ११ स्वर्ण, ७ रजत र ६ काश्य पदक जितेर शीर्ष स्थानमा रहेको छ भने अमेरिका ९ स्वर्ण, १५ रजत र १३ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ।

त्यस्तै फ्रान्स ८ स्वर्ण, ११ रजत र ८ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया ८ स्वर्णसहित ६ रजत र ४ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ।

त्यसैगरी जापान ८ स्वर्ण, ३ रजत र ५ काश्य पदकसहित पाँचौँ स्थानमा रहेको छ। त्यस्तै त्यस्तै ग्रेट ब्रिटेनले ६ स्वर्ण, ७ रजत र ७ काश्य पदक जितेको छ भने दक्षिण कोरियाले पनि ६ स्वर्णसहित ३ रजत र ३ काश्य पदक जितेको छ।

त्यसैगरी इटालीले ५ स्वर्ण, ७ रजत र ४ काश्य पदक जितेको छ भने क्यानडाले ३ स्वर्ण, २ रजत र ३ काश्य पदक जितेको छ।

त्यस्तै हङकङ, जर्मनी, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, रोमानिया र अजरबैजानले २/२ स्वर्ण पदक जितेका छन्। त्यसैगरी हङ्गेरी, जर्जिया, दक्षिण अफ्रिका, स्विडेन, बेल्जियम, आयरल्याण्ड, काजकिस्तान, क्रोसिया, ग्वाटेमाला, उज्बेकिस्तान, अर्जेन्टिना, इक्वेडर, स्लोभेनिया र सर्बियाले एक एक स्वर्ण पदक जितेका छन्।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, उत्तर कोरिया, स्पेन, पोल्याण्ड, स्विट्जरल्याण्ड, ग्रीस, इजरायल, कोसोभो, मेक्सिको, टर्की, युक्रेन, फिजी, मङ्गोलिया, ट्युनिसिया, भारत, मोलडोभा, अस्ट्रिया, इजिप्ट, पोर्चुगल, स्लोभाकिया र ताजकिस्तान रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?