२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

कपाल केराटिन गर्नेलाई यस्तो प्रकारको रोग

काठमाडौँ । कपाल सिल्की र साइनिङ बनाउन पछिल्लो समय कपाल स्ट्रेट गर्ने, केराटिन गर्ने लगायत विभिन्न केमिकलहरुको प्रयोग हुँदै आएको पाइन्छ । तर बजारका यस्ता प्रडक्टहरु कपालमा प्रयोग गर्दा यसले निकै हानी गर्ने चिकित्सकहरु बताउँछन् ।

आफ्नो टाउकोमा लहराइरहेको सुन्दर कपाल बनाउनु धेरैको चाहना हुन्छ । यसका लागि धेरैले विभिन्न केमिकल ट्रिटमेन्ट गर्छन् । त्यस्तै हिजोआज सुन्दर कपाल पाउन भन्दै केराटिनको ट्रिटमेन्ट गर्ने चलन एकदमै बढिरहेको छ ।

घुमेको कपालबाट छुट्कारा र रेशमी सीधा कपाल बनाउन महिलाहरु केराटिन ट्रिटमेन्टमा आकर्षित भइरहेका छन् । केराटिनमा आधारित हेयर स्ट्रेनिङ उत्पादनमा ग्लाइआक्सिलिक एसिड पाइन्छ । यसले मिर्गौलामा जोखिम बढ्ने पाइएको छ ।

केराटिनले आँखामा जलन हुने, टाउको दुख्ने, छाती दुख्ने, बान्ता आउने, खोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट रगत आउने, श्वासप्रश्वासमा समस्या आउन सक्छ । साथै यसले केराटिन गर्नेलाई मात्र नभई केराटिन गराउने ब्युटिसियनलाई पनि छालासम्बन्धी समस्या, टाउको दुख्ने, आँखा चिसो हुनेजस्ता समस्या हुने छालारोग विशेषज्ञहरु बताउँछन् ।

केराटिन क्रिममा हुने फार्मल्डहाइड छालाको माध्यमबाट शरीरमा प्रवेश गरेमा नसासम्बन्धी रोग हुन सक्ने जोखिम हुनछ । त्यस्तै गर्भवती महिलाले केराटिन गरेमा गर्भपात हुन सक्ने तथा प्रजनन् स्वास्थ्यमा समस्या देखिने जोखिम हुन सक्छ । त्यसैगरी, अनुसन्धानअनुसार यसले भविष्यमा क्यान्सर समेत हुने जोखिम बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?