भीमेश्वर मन्दिरको शिलामा पसिना’ आएपछि गरियो क्षमापूजा

काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिला (चट्टान) मा गत साउन ५ र ९ गते ‘पसिना’ आएपछि शुक्रबार (आज) क्षमापूजा गरिएको छ।

राष्ट्र प्रमुखका तर्फबाट शुक्रबार देश र जनतालाई कुनै क्षति नहोस् भन्ने कामनाका साथ शुक्रबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म क्षमापूजा गरिएको हो।

होम यज्ञ, ग्रह शान्ति, लघुरुद्री पूजा, बली तथा हवन, मंगल शान्तिलगायतका पूजा गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार, राष्ट्रपति कार्यालयबाट पठाइएको सामग्रीबाट शुक्रबार क्षमापूजा गरिएको हो। जसका लागि राष्ट्रपति कार्यालयबाट दुई जना प्रतिनिधि भीमेश्वर मन्दिरमा पुगेका थिए।

राष्ट्रपति कार्यालयबाट पठाइएको पूजा सामग्री गृह मन्त्रालय हुँदै प्रशासन कार्यालयमा पठाइएको थियो।

प्रजिअ पोखरेलको नेतृत्वमा भएको पूजामा पूजारीहरू सहभागी थिए। उनका अनुसार, पूजाको प्रसाद राष्ट्रपति कार्यालय पठाइनेछ।

भीमेश्वर मन्दिरमा असार ५ गते शनिबार दिउँसो १ः४७ देखि ३ः१५ सम्म र बुधबार दिउँसो १२ः४५ देखि ३ः१३ सम्म ‘पसिना’ आएको थियो।

यहाँका स्थानीयका अनुसार, भीमेश्वरको शिलाबाट ‘पसिना’ आएपछि ठूलै परिवर्तनको संकेतका रुपमा लिने जनविश्वास छ। कतिपयले त भीमेश्वर मन्दिरबाट ‘पसिना’ आए अनिष्ट हुने पनि बताउँछन्।

यसरी ‘पसिना’ आएपछि यसअघि पनि पूजा गर्ने परम्परा भए अनुसार शुक्रबार क्षमापूजा गरिएको हो।

भीमेश्वरको शिलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि ‘पसिना’ आएको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?