वैद्यको पार्टी विभाजन, धर्मेन्द्रले गरे एकता असफल भएको घोषणा

काठमाडौँ । मोहन वैद्य ( किरण ) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल फुटेको छ । मंगलबार पार्टीका सह-संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ले विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गरेका छन् ।

उनले विज्ञप्ति मार्फत पार्टी विभाजन भएको संकेत गरेका हुन् । बाँस्तोलाले दुई वर्षको अवधिमा पार्टी एकतालाई सुदृढ गर्न आफूहरूले कैयौँ प्रयत्न गरेपनि एकता सफल हुन नसकेको बताए ।

विज्ञप्तिमा भनिएको छ, ’एकता आज सफल नभए भोलि सम्भव छ तर, अनावश्यक हुने तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्छ । दुई वर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रो तर्फबाट भएका कैयौँ प्रयत्नहरूका बाबजुद हामी सफल हुन सकेनौँ । अतः समय र विषयको संवेदनशीलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौँ ।’ २०७९ चैतमा दुई पार्टीबिच एकता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?