मुग्लिङ सडकखण्डमा बसमा यात्रारत ६५ यात्रुहरु बेपत्ता

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गतको सिमतालमा पहिरोले बगाएर दुईवटा यात्रुवाहक बस त्रिशूलीमा खसेको छ । लेदोसहित आएको पहिरोले बगाएर ती बस त्रिशूलीमा बगाएर खसेको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले बताएकी छन् ।

नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेतिर सडकको माथिल्लो भागबाट लेदोसहित पहिरो खसेको थियो । दुवै बस पहिरो खसेको स्थान पारगर्ने क्रममा बगाएको हो । पहिरोका कारण अवरुद्ध भएको सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याएको उनले बताइन् ।

घटनास्थलमा उद्धार कार्य सुरु हुन सकेको छैन । त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको तर, त्यहाँसम्म जान सक्ने अवस्था नरहेको उनको भनाइ छ । उनका अनुसार बसमा यात्रारत ६५ यात्रुहरु बेपत्ता रहेको र उनीहरूको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

उद्धार कार्यका लागि नारायणगढबाट गोताखोर आएपनि घटनास्थलसमम जान सकेका छैनन् । सो सडक खण्डमा कालीखोलाको पहिरोमा गोताखोरहरु अड्किएका कारण उद्धार कार्य सुरु हुन नसकेको प्रहरी निरीक्षक भण्डारीले बताइन् ।
उनले भनिन्, ‘लेदो सहितको पहिरो भएकाले काम गर्न कठिन भइरहेको छ । बसका यात्रुहरूको अवस्था अज्ञात छ । उद्धार कार्यका लागि गोताखोर बोलाइएको छ । गोताखोरह पनि पहिरोका कारण अड्किएका छन् ।’

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?