रास्वपाको केन्द्रीय समिति बैठक केहीबेरका लागि स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक केहीबेरका लागि स्थगित भएको छ । महामन्त्री मुकुल ढकाल बैठक छाडेर निस्किएपछि बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले राताेपाटीलाई जानकारी दिएका हुन् ।

ती नेताका अनुसार उनी प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ नदिएर निस्किएका छन् ।

‘आज दिनभरि बैठकमा महामन्त्रीको कार्यशैली र व्यवहारप्रति प्रश्न उठ्यो। आज सबैजस्तो वक्ता बोल्दै गर्दाखेरि महामन्त्रीको व्यवहारप्रति नै लक्षित थियो,’ उनले भने । उपसभापतिहरूले बोलिसकेपछि सभापतिले महामन्त्रीलाई बुधबार उठेका प्रश्नहरूको जवाफ दिन भनेपनि महामन्त्रीले आफू नबोल्ने बताए ।

‘मबोल्दिन भनेर आज उहाँले मिडियामा सार्वजनिक गरेको डकुमेन्ट आफूले नपढी अरूलाई नै पढ्न लगाउन खोज्नुभयो त्यस क्रममा केन्द्रीय सदस्यहरूले उठेको प्रश्नको जवाफ महामन्त्री स्वयंले दिनुपर्छ । मिडियामा बोल्न दिएन भन्ने यहाँ चाहिँ बोल्न दिँदा पनि नदिने भनेर प्रश्नहरु उठाइसकेपछि महामन्त्री म एकछिन निस्किन्छु भनेर निस्किन खोज्दै गर्दाखेरि सभापतिले एकछिनलाई बैठक स्थगित गर्नुभएको छ,’उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?