उमेर बढे सँगै महिलामा देखिने समस्याहरू

उमेर ढल्किँदै गर्दा हामीलाई रोगहरूले च्याप्दै जाने हुन्छ । अझ पुरुषको तुलनामा महिलाहरूले आफ्नो स्वास्थ्यमा बढी सतर्कता अपनाउनुपर्ने हुन्छ ।

प्रायः महिलामा बाहिरको कामसँगै घरको पनि जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता हुन्छ । त्यसैले उनीहरूले आफ्नो स्वास्थ्यमा धेरै ध्यान दिन पाउँदैनन् । ३५ वर्षपछि महिलामा कयौँ रोगको खतरा बढेर जान्छ ।

महिलाले सबै प्रकारका रोगबाट बच्न दैनिक रूपमा योग तथा कसरत गर्नुपर्दछ । साथमा समय समयमा सम्पूर्ण शरीरको जाँच पनि गर्नुपर्दछ । आज हामी ३५ वर्ष कटेपछि महिलामा आउने समस्याका विषयमा थप जानकारी गराउँछौ ।

–३५ वर्ष उमेर काटेका महिलामा मधुमेहको खतरा पनि अत्यधिक हुन्छ । मधुमेह भएको अवस्थामा अत्यधिक थकान महसुस हुने, धेरै पिसाब लाग्ने र तौल कम हुने वा बढ्ने जस्ता लक्षण देखिन्छन् ।

–३५ वर्षपछि महिलामा हड्डी कमजोर हुने समस्या देखिन्छ । हड्डी कमजोर हुँदा हिँडडुल गर्न समस्या हुने तथा भारी काम गर्दा हड्डी छिटै भाँचिने समस्या पनि आउन सक्छ ।

–३५ वर्षपछि महिलामा मुटुसँग जोडिएका समस्या पनि हुन थाल्छन् । अत्यधिक तारेको तथा भुटेको खाँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ जसले हृदयाघातकै खतरा पनि बढ्छ ।

–उमेर बढ्नुका साथै महिलामा फाइब्राइडको समस्या पनि हुन थाल्छ । फाइब्राइडको कारणले महिलामा कयौँ प्रकारका संक्रमणको खतरा हुन्छ । साथमा यसले गर्भाशयमा डल्लो, गाँठो आदि आउने समस्या पनि हुन्छ ।

–उमेर बढ्दै जाँदा महिलामा मिर्गौलामा पत्थरीको खतरा पनि अत्यधिक हुन्छ । पत्थर हुँदा कम्मरमा एकदमै धेरै दुखाई हुने तथा बान्ता आउने जस्तो लक्षण देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?