बझाङ : सुनकुडा नमुना क्याम्पस बझाङको स्ववियु कार्यालयमा नेकपा निकट अखिल समाजवादीले तालाबन्दी गरेको छ । स्ववियु निर्वाचन भएको लामो समयदेखि स्ववियु सभापति कार्यालयमा एकपटक पनि नआएको र सभापतिको जिम्मेवारी पूरा नगरेको आरोपमा समाजवादीले तालाबन्दी गरेको हो ।
अखिल समाजवादीका सो क्याम्पसका स्ववियु कोषाध्यक्ष समेत रहेका भानु सी को अगुवाइमा तालाबन्दी भएको संगठनले जनाएको छ । लामो समयदेखि स्ववियुलाई अनिर्णयको बन्दि बनाएर विद्यार्थीको हकहितमा काम गर्ने संस्थालाई बदनामित गरेको समाजवादीको ठहर रहेको छ ।
स्ववियु सभापति दिलीप अधिकारी स्वबियु निर्वाचन पछि क्याम्पसमा नआएको र अन्य पदाधिकारी पनि निष्क्रिय रहेका रहेकाले स्ववियुको काम हुन् नसकेको भानु सी ले जनाए । अखिल समाजवादीको तालाबन्दी पश्चात स्ववियु सहसचिव महेश बहादुर बोहोराले राजीनामा दिएका छन् ।
अखिल समाजवादीका सुदुरपश्चिम प्रदेश इन्चार्ज बबर सी ले क्याम्पसमा निर्वाचित स्ववियुको नेतृत्वले गैरजिम्मेवार तरिकाले विद्यार्थीका मागलाई सम्बोधन गर्नुपर्ने ठाउँमा नजर अन्दाज गरेको बताए । उनले भने , “ स्ववियु सभापति र अन्य पदाधिकारीले उदासिनता देखाए पछि हामी संगठनका कोषाध्यक्ष रहेको भानु सी ले आज सकारात्मक पहलकदमी लिएका छन् ।” अरूले मतलब नगरे समाजवादीले आफ्नै संगठनको नेतृत्वले स्ववियुको जिम्मेवारी पूरा गर्ने उनले बताए ।
यो विषयमा बुझ्न क्याम्पस प्रशासन र स्ववियु कार्यालय लाई बुझ्न खोज्दा उहाँहरुलाई सम्पर्कमा आएनन् ।














