कांग्रेस र रास्वपाले भन्दै आएको समाजवाद के हो ? बहस गरौं : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कांग्रेस र रास्वपाले भन्दै आएको समाजवादले जनता खुसी हुन नसक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको १०औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै विप्लवले कांग्रेस र रास्वपाले भन्दै आएको भन्दा अग्रगमन दिनसक्ने समाजवादमा बहस गर्नुपर्ने समेत बताए ।

समाजवादी गणतन्त्र, समाजवादी संघीयतामा नेपालका सबै पुराना पार्टीका नेताहरुले छलफल गर्नुपर्ने उनले बताए । उनले आफुहरुको ध्यान नेपालको कम्युनिष्ट आन्दोलनलाई २००६ सालमा फकाएर नयाँ एकताको सुरुवात गर्नुपर्नेमा रहेको उल्लेख गरे ।

विप्लवले देशको स्वाधिनताको रक्षा गर्नका लागि युवाहरुले योगदान दिँदै सबै दलहरुले पनि स्पष्ट दृष्टि तय गर्नुपर्ने धारणा राखे । उनले यथास्थितिले नेतृत्व गर्न नसके त्यसलाई जनताले फ्याँक्ने अवस्था आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?