१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

साउनदेखि मुलुकभर सीपमूलक कार्यक्रम गरिने

धादिङ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुने गरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने बताएका छन्।

शुक्रबार निलकण्ठ नगरपालिका धादिङले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’को उद्घाटन गर्दै मन्त्री अर्यालले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह पनि गरेका छन् ।

वैदेशिक रोजगारी जाने होस वा आन्तरिक रोजगारीमा रहने श्रमिकका लागि सीप अपरिहार्य रहेको मन्त्री अर्यालले बताए। ‘सीप भएको श्रमिकले राम्रो आम्दानी गर्न सक्छ। सम्भावित दुर्घटनाबाट बच्न सक्छ। बाध्यकारी वैदेशिक रोजगारीमा रहँदा पनि आफ्ना सपनाहरु पुरा गर्न सक्छ,’उनले भने । त्यसैले सीपमूलक कार्यक्रममा ठूलो लगानी गर्नुपर्नेछ ।

मन्त्री अर्यालले श्रम मन्त्रालयले आन्तरिक रोजगारीलाई प्रवद्र्धन र व्यवस्थित गर्न मन्त्रालयले रोजगार बैंकको वृहत् अवधारणालाई अघि सारेको बताए । बैंकमा वैदेशिक रोजगारीबाट फर्के सबै श्रमिकको तथ्यांक संकलन गरिनेछ।‘विदेशबाट फर्केका श्रमिक तथा उनीहरुको सीपको बारेमा तथ्यांक राखिनेछ। भारतबाट फर्केका श्रमिकको पनि तथ्यांक राखिनेछ। तथ्यांकअनुसार नै आन्तरिक रोजगारीको रणनीति तयार गर्नेछौं,’उनले भने।

कार्यक्रममा मन्त्री अर्यालले निलकण्ठ नगरपालिकाले आयोजना गरेको रोजगार मेलाले संविधानले व्यवस्था गरेको संघीयताको बल्ल उचित कार्यान्वयन भएको समेत बताए ।‘नगरपालिकाले मेला आयोजना गर्दा गौरव लागेको छ । यो मेलाले संविधानले परिकल्पना गरेको उद्देश्य प्राप्त भएको सुखद सन्देश दिएको छ,’उनले भने।

निलकण्ठ नगरपालिकाले आयोजना गरेको मेलामा विभिन्न रोजगारदाता तथा सरकारी निकायको सहभागिता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?