बिकाश सिंह महता, धनगढी : सुदूरपश्चिम समाज कैलालीले धनगढीमा “गौरव यात्रा ” को अवसरमा फिल्यास मोब कार्यक्रमको आयोजना गरेको छ।
मंगलबार जिल्लाको सदरमुकाम धनगढी चौराहामा सुदूरपश्चिम समाज धनगढीले फिल्यास मोब कार्यक्रमको आयोजना गरेको हो।
यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय लाई समाजमा हेर्ने दृष्टिकोण र खेप्नुपरेको समस्या र चुनौतीका साथै निरन्तर यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको सफलताको कथालाई चित्रण गरिएको थियो।
यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले अंग्रेजी महिनाको जुन महिना लाई प्राइड परेड मन्थ (गौरव यात्रा) को महिनाको रुपमा लिइन्छ । जसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि यो गौरव यात्राको महिना मनाउने गरिन्छ । उक्त महीनाको अवसरमा पहिलो फिल्यास मोब कार्यक्रमको आयोजना गरिएको सुदूरपश्चिम समाज धनगढीकि अध्यक्ष करुणा नेपालले बताउनु भयो।
उनका अनुसार भोलि बुधबार बिहान सुदूरपश्चिम प्रदेश दोस्रो प्रादेशिक प्राइड परेड मन्थ (गौरव यात्रा) कार्यक्रमको समेत आयोजना रहेको छ। जसमा धनगढी चौराह देखि बिहान ७:३० बजे र्याली निकालेर यौनिक तथा लैगिक अल्पसंख्यक समुदाय र अधिकार साथै बृहत सास्कृतिक कार्यक्रम सौराई स्कावाईर , चटकपुरमा बिहान ९:३० बजे बाट संचालन हुने छ।