विश्वकै उत्कृष्ट सहरको सूचीमा हङकङ

सिङ्गापुर । स्विस बैंक जुलियस बेयरको रिपोर्टअनुसार बसोबासका लागि विश्वकै उत्कृष्ट सहरको सूचीमा हङकङ दोस्रो नम्बरमा परेको छ।

धनाढ्य (उच्च नेट-वर्थ) व्यक्तिहरूको लागि जीवनको लागत अध्ययन गरिएको उक्त रिपोर्टले सिंगापुरपछि हङकङलाई विश्वकै दोस्रो महँगो सहरका रूपमा परिभाषित गरेको हो।

मंगलबार सार्वजनिक गरिएको उक्त रिपोर्टले सिंगापुर र हङकङपछि लन्डन र सांघाईलाई तेस्रो र चौथो स्थानमा राखेको छ। त्यस्तै, मोनाको शीर्ष पाँचमा परेको छ।

स्विस बैंकको चौथो वार्षिक विश्वव्यापी सम्पत्ति र जीवनशैली प्रतिवेदनमा नोभेम्बर २०२३ देखि मार्च २०२४ सम्म विश्वका २५ सहरमा वस्तु र सेवाको लागतलाई तुलना गरी उक्त रिपोर्ट सार्वजनिक गरेको हो।

प्रतिवेदनमा कम्तीमा १० लाख अमेरिकी डलर लगानीयोग्य सम्पत्ति भएका धनाढ्य व्यक्तिको उपभोग ढाँचाको विश्लेषण गरिएको छ।

अध्ययनले प्रत्येक सहरको आ-आफ्नै अनौठो प्रवृत्तिको विश्लेषण गरेको छ, जसले यसलाई महँगो बनायो। सिंगापुरमा कार किन्नु महत्त्वपूर्ण बन्न गयो भने हङकङ कानुनी सेवा र सांघाई राम्रो खानाको लागि अगाडि रह्यो।

हङकङमा पनि अन्य धेरै विलासी वस्तुको मूल्यमा वृद्धि भएको अध्ययनले देखाएको छ। होटल सुइटको मूल्य २२.९ प्रतिशत र महिलाका जुत्ताको मूल्य १२.७ प्रतिशतले बढेको छ।

युरोप, मध्यपूर्व र अफ्रिकापछि आर्थिक वृद्धिका कारण एसिया दोस्रो महँगो क्षेत्रको रूपमा परेको छ, जसलाई स्विस बैंकले एक क्षेत्रको रूपमा समेटेको छ।

‘एसियाले आफ्नो विकास यात्रामा महत्त्वपूर्ण फड्को मारिरहेको छ,’ जुलियस बेयर रिपोर्टमा एसिया–प्यासिफिकका अनुसन्धान प्रमुख मार्क म्याथ्युको भनाइ छ।

‘चीन र भारतको प्राविधिक विकास र दक्षिणपूर्वी एसियाको बलियो अर्थतन्त्रले यस क्षेत्रको लचिलोपन र वृद्धिमा योगदान पुर्‍याउँछ,’ म्याथु भन्छन्, ‘यो गतिशील वातावरणमा अवस्थित सिंगापुरले डिजिटल रूपान्तरणको नेतृत्व गरिरहेको छ।’

कोभिड महामारी सम्बन्धित प्रतिबन्धहरू हटाइएपछि एसियाले यात्रा र खानपिनमा पनि फड्को मारेको अध्ययनले देखाएको छ।

एसियाका ७४ प्रतिशतले उत्तरदाताले यो वर्ष पाँचतारे होटलमा खर्च गरेका छन् भने ७१ प्रतिशतले राम्रो खानेकुरामा खर्च गरेको बताएका छन्।

स्विस बैंकको अध्ययनले एसियाको कमजोर पक्षमा पनि वकालत गरेको छ। रिपोर्टका अनुसार एसियाका ६३ प्रतिशत उत्तरदाताले स्वास्थ्य एवं हेरचाहलाई उनीहरूको मुख्य चिन्ताको रूपमा उद्धृत गरेका छन्। (एससीएमपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?