३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

पनिकाका ७ पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक, कारबाही नगरे अखिल (समाजवादीले) नछोड्ने चेतावनी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको घटनामा प्रत्यक्ष संलग्न ७ जनालाई कारबाहीको माग सहित कार्यालय प्रवेशमा रोक लगाईएको छ । सोमबार नेकपा बिप्लव निकट अखिल (समाजवादीका ) द्वारा उक्त कार्य गरिएको हो ।

सङ्गठनका अध्यक्ष नरेन्द्र सी ले ” अखिल समाजवादीको याे आजको जुलुस र यक्सन् एक सामान्य डेमो मात्रै भएको बताएका छन् । छानविन समितिले रिपोर्ट बुझाएको दुई महिना भइसक्दा पनि सेन्ट्रल जेलमा हुनु पर्नेहरु कार्यालयको AC कोठा भित्र किन छन् ? भन्ने प्रश्न गर्दै उनले , लाखौ युवा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने फौजी अपराधीहरु बिभिन्न शक्ति र राजनीतिक पावरबाट बच्न खोजेको हो भने त्यस्ता अपराधीहरूलाई अखिल ( समाजवादीले) कदाबि नछोड्ने चेतावनी समेत दिएका छन् ।

घटना यस्ताे छ :

स्नातक तहका ५ सयभन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका कार्यालयबाटै हराएको विषयमा छानबिन गर्न त्रिवि कार्यकारी परिषद्ले पूर्व रजिस्ट्रार चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।

समितिले परीक्षा नियन्त्रक जोशी, सह नियन्त्रक सुरेश जंग शाही र पवन बराललाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । छानबिन समिति स्रोतका अनुसार उनीहरू ३ जनालाई पदबाट हटाउनसमेत सुझाव दिइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका प्रशासन प्रमुख, सह प्रशासक भोजराज भट्ट र गोप्य शाखाका कर्मचारी उप प्रशासक निलम पोखरेललाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । उनीहरूले पदीय जिम्मेवारी अनुसार कर्तव्य पूरा नगरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट हटाउन प्रतिवेदनमा भनिएको छ ।

उत्तरपुस्तिका हराएको घटनामा बदमासी गरेको भन्दै गोप्य शाखाका शाखा अधिकृत शम्भु दाहाल र नायब सुब्बा दीपक पाण्डेलाई पनि कार्वाही सिफारिस गरिएको छ । उनीहरूको लापरबाहीका कारण नतिजा प्रकाशन गर्न बाँकी उत्तरपुस्तिका नतिजा प्रकाशन भइसकेका उत्तरपुस्तिका सँगै नष्ट गर्न पठाइएको छानबिन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?