२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

सेयरबजार ५.३७ अंकले घटे पनि ४ अर्ब ३७ करोडको कारोबार

काठमांडौ । साताको पहिलो कारोबार दिनमा सेयरबजार ५.३७ अंकले घटेको छ। बजार घटे पनि ४ अर्ब ३७ करोडको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। ९५ लाख ६१ हजार कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो।

आज फाइनान्सहरुको उच्च कारोबार भएको छ। पोखरा फाइनान्सको मात्र १७ करोड १३ लाख, नेपाल फाइनान्सको १३ करोड ५८ लाख, रिलायन्स फाइनान्सको १३ करोड १६ लाख र माउन्टेन इनर्जीको ११ करोडको कारोबार भएको छ।

सूचक घटेर २०६२ विन्दुमा पुगेको दिन ७८ कम्पनीको सेयर बढे पनि १६४ कम्पनीको घटेको र ५ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

आज रिलायन्स फाइनान्स,गणपति लघुवित्त,मैलुङ खोला जलविद्युत् कम्पनी र साधना लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

यी कम्पनीका लगानीकर्ताले क्रमशः ४०.५०, १३१.५०, ५४ र १२३.७० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् । आजको कारोबारमा लगानीकर्ताले ६.५८ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?