धनुषा । अखिल (समाजवादी) जिल्ला समिति धनुषाले ३५ दिन देखी वेपत्ता विद्यार्थी सपना मण्डलको खोजि कार्य अगाडि बढाउनका साथै केन्द्रिय योजनालाई कार्यन्वयन गर्दै संगठनात्मक अभियानलाई जोड दिने निर्णय गरेको छ । शनिबार रामजानकी माध्यमिक बिधालय सरसफाइ गर्दै बसेको तेस्रो पुर्ण बैठकबाट सो निर्णय गरिएको हो ।
जिल्ला अध्यक्ष रमन सी को अध्यक्षतामा बसेको
उक्त बैठकले प्राकृतिक सम्पदा दोहन रोक्ने , चुरे संरक्षण कार्यमा जुट्ने निर्णय समेत गरेको छ । साथै समाजमा व्याप्त सामाजिक विकृति, विसंगति र रुढीवादी परम्परा विरुद्ध सचेतना अभियान सन्चालन गर्ने तथा सबै राजनीतिक कार्यक्रमहरूमा केही न केही नमूना कार्य गर्ने बैठकले निर्णय गरेको जिल्ला सचीव कृष्ण सी ले जानकारी दिए ।
सबै क्याम्पस हरुको इन्चार्ज तोक्दै,लागू औषध बेचबिखन तथा कर छली गरि सामान ओसारपसारमा रोक लगाउने र शैक्षिक माफिया विरुद्ध संघर्ष गर्ने निर्णय समेत वैठकले गरेको जनाइएको छ ।
उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा धनुषा इन्चार्ज त्रीलोक सी बिशिस्ट अतिथिमा रहेका थिए भने , अखिल (समाजवादी) का केन्द्रिय सचीव तथा नारायणी -मधेस प्रदेश इन्चार्ज अटल सी तथा नारायणी -मधेस प्रदेशका सह-इन्चार्ज लोकेश सी, पार्टीका केन्द्रिय प्रतिनिधि समिति सदस्य द्वय क बिमल सी र दिपेन्द्र सी को अतिथ्यता रहेको थियो ।