सुदूरपश्चिम प्रदेश यू-१९ पुरुष तथा महिला भलिबल टिमको बिदाई

बिकाश सिंह महता
काठमाडौ / असार ७ सुदुरपश्चिम प्रदेश यू-१९ पुरुष तथा महिला भलिबल टिमको एक कार्यक्रमको आयोजना गर्दै शुभकामना साथ बिदाई गरेको छ।

शुक्रबार कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरमा रहेको भलिबल प्रशिक्षण केन्द्रमा सुदूरपश्चिम प्रदेश यू-१९ पुरुष तथा महिला भलिबल टिमको बिदाई गरेको हो ।

त्रिपुरेस्वर स्थित इन्डोर कभर्डहलमा सञ्चालन हुने साहना प्रधान यू-१९ पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगीतामा सहभागिता जनाउनका लागि नेपाल भलिबल संघ बाट प्रेषित पत्रानुसार सुदुर पश्चिम प्रदेशको टिम छनौट गरि शुक्रबार काठमाडौ प्रस्थान गरेको छ।

सहाना प्रधान यू-१९ ‘अन्डर नाइन्टिन’ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो संस्करण यहीँ साता असार ९ देखि १५ गतेसम्म सञ्चालन हुने भएको छ । यो च्याम्पियनसिपबाट ‘अन्डर नाइन्टिन’ राष्ट्रिय टिम छनोट गरिनेछ ।

वर्षभरि भलिबलका खेलाडी ब्यस्त रहे पनि उमेर समूहको प्रतियोगिता भने अभाव छ । यसले ग्रासरुट भलिबलको विकासमा प्रतियोगिताले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुनेले एक लाख नगद हात पार्नेछन् । प्रतियोगिताको महिला तथा पुरुषतर्फकै सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी सम्पूर्ण टिमको यातायात, बसोबास, खाना र भत्तासहितको खर्च प्रतिष्ठानले ब्यहोर्ने छ ।

प्रतियोगिताको कुल लागत ८० लाख रहेको छ । जसमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्रीबीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।

महिला टिमा संगिता बिस्ट ,सरिता चन्द, स्नेहा ठगुन्ना, रेखा ठगुन्ना,बबिता बम,राखी राना,सुनिल बोहरा,पुजा ठकुराठी,रीतिका भट्ट,रेमा रोका मगर,एलिना चौधरी, बिमला महरा, प्रशिक्षक नृप बिक,जनक खड्का सह प्रशिक्षक, बिष्णु राज भाटले व्यवस्थापकको जिम्मेवारी पाएका छन्।

पुरुष टिमा शोभित खड्का, जिबन शाह , अर्जुन नेपाली, सन्देश चन्द, भरत वि क, सुनिल बोहरा, पारश बोहरा,सुरत चुनारा, सुरेश मल्ल, आशिक कुँवर, अशोक राना, केशब धामी, प्रशिक्षक लाल बहादुर बटाला, दिपेन्द्र प्रसाद भट्ट सह प्रशिक्षक, हिमाल बिस्टले व्यवस्थापकको जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?