५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

टी–२० विश्वकप : आज सुपर आठका दुई खेल हुँदै

काठमाडौं । जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल अस्ट्रेलिया र बंगलादेशबीच खेल हुँदै छ । एन्टीगास्थितसर भीभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः १५ बजेदेखि शुरु हुँदै छ ।

जारी विश्वकपमा अस्ट्रेलियाले समूह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको हो । त्यस्तै बंगलादेशले भने समूह चरणमा तीन खेल जितेर सुपर आठमा पुगेको हो । सेमिफाइनलको दौडका लागि सुपर आठको समूह एक मा रहेका दुवै देशका लागि यो खेल महत्त्वपूर्ण रहेको छ ।

अहिलेसम्म अस्ट्रेलिया र बंगलादेशबीच कुल १० टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा अस्ट्रेलियाले ६ खेल जितेको छ भने बंगलादेशले ४ खेल जितेको छ ।

त्यस्तै आज दोस्रो खेल सुपर आठको समूह २ मा रहेका इङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८ः१५ बजेदेखि शुरु हुने छ ।

यस विश्वकपको सुपर आठको खेलमा इङ्ल्याण्ड र दक्षिण अफ्रिकाले आ–आफ्नो पहिलो खेल जितेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई र इङ्ल्याण्डले वेस्ट इन्डिजलाई पराजित गरेको छ । यो खेलमा जित हासिल गर्ने देशले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने छ ।

इङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म कुल २५ टी–२० खेल भएका छन् । जसमा दुवैले १२१२ खेल जितेका छन् भने एक खेलको नतिजा आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?