बिकाश सिंह महता/ असार ६ , काठमाडौ: सुदूरपश्चिम प्रदेश कबड्डी महिला टिमले सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगिता -२०८१ मा तृतीय स्थान हासिल गरेको छ।मङ्गलबार देखि काठमाडौ लैनचौरस्थित टेबटेनिस कभर्ड हलमा आयोजना भएको प्रतियागितामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबले तृतीय स्थान हात पारेको हो।बिहिवार भएको सेमिफाइनलको पहिलो सुदूरपश्चिम प्रदेश र नेपाल आर्मी बिच भएको खेलमा २५-४४ अंकले सुदूरपश्चिम प्रदेश नेपाल आर्मी क्लब संग र नेपाल पुलिस क्लब र एपीएफ क्लब बिचको रोमाञ्चक दोस्रो सेमिफाइनल खेलमा पराजित हुन पुगेको थियो।प्रतियोगिताको फाइनल खेल भोलि शुक्रबार। हुने छन। फाइनलमा नेपाल आर्मी क्लब र एपीएफ क्लब बिच रोमाञ्चक खेल हुने छ।प्रतियोगिताको विजेता टिमले नगद एक लाख सहित शिल्ड मेडल, प्रमाणपत्र र उपविजेता टिमले पचास हजार नगद सहित शिल्ड मेडल प्रमाणपत्र पाउने छन् । भने तुतिय दुई टिम नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशले। पच्चीस-पच्चीस हजार र शिल्ड मेडल प्रमाणपत्र पाउने छन्।आठ टिमको सहभागिता रहेका प्रतियागितालाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा नेपाल प्रहरी, बागमती प्रदेश, नेपाल सना र मधेश प्रदेश तथा समूह ‘ख’ मा सशस्त्र प्रहरी, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । प्रत्येक समूहमा शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनलको यात्रा तय गरेको थियो। जसमा शिर्ष स्थानका दुई टिम फाइनल पुगेका छन्।
सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा सुदूरपश्चिम तृतीय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














