३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

गृह मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एक्सन रुम’

काठमाडौं । गृह मन्त्रालयले नागरिक सरोकारका विषय र गुनासोलाई द्रुत र प्रभावकारी रूपमा सम्बोधन गर्न शीघ्र गुनासो सुनुवाइ तथा कार्य सञ्चालन कक्ष सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयमा हाल सञ्चालनमा रहेको गुनासो व्यवस्थापन शाखा, सूचना विश्लेषण शाखा तथा नियन्त्रण कक्षलाई एकीकृत स्वरूपमा स्तरोन्नति गरी गुनासोहरूको तत्काल सम्बोधन गर्ने संयन्त्रको रूपमा शीघ्र गुनासो सुनुवाइ तथा कार्य सञ्चालन कक्ष स्थापना गरिएको हो ।

यस कक्षबाट शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह तथा कानुन कार्यान्वयनका विषयमा नागरिकहरूले सामना गर्नु परेका अवरोध, गुनासो, पिरमर्काको तत्काल सम्बोधन हुने मन्त्रालयले जनाएको छ ।

संवेदनशील सूचनाको सङ्कलन, अध्ययन, विश्लेषण तथा वर्गीकरण गरी गुनासो फर्छ्यौट गर्न सम्बद्ध निकायहरूलाई निरन्तर सहयोग गरी अपराध नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कार्यमा केन्द्रीय स्तरको समन्वय तथा नियन्त्रण कक्षको रूपमा कार्य गर्नु एक्सन रुमको लक्ष रहेको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

एक्सन रुममा प्राप्त हुने सूचना, गुनासो, तथा उजुरीको शीघ्र माध्यमबाट फर्छ्यौट गरी सार्वजनिक तथा निजी संस्थाहरू, पदाधिकारी र राष्ट्रसेवकहरू प्रति नागरिकको विश्वास र भरोसा अभिवृद्धि गर्ने लक्ष्य रहेको उनको भनाई छ ।

एक्सन रुमले सूचना सङ्कलन गर्ने छ । फोन कल, इमेल, हटलाइन सेवा, टोल फ्रि नम्बरहरू, सामाजिक सञ्जाल, हुलाक साथै कार्यालयमा आई नागरिकले जानकारी गराएका र मातहतका संयन्त्र तथा अन्य निकायबाट आएका गुनासो, निवेदन र सूचना प्राप्त गर्ने र त्यसको व्यवस्थित अभिलेखीकरण गर्ने कार्य कक्षबाट हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?