३१ जेष्ठ २०८१, बिहिबार
३१ जेष्ठ २०८१, बिहिबार

भीमदत्त – १७ मा  निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -१७ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। भीमदत्त नगरपालिका -१७ वडा कार्यालयको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।  

शिविरमा २५०  जनाले स्वास्थ्य परीक्षण गराएका छन्।  शिविरमा गल्ली नम्बर २ स्थित दीर्घायु क्लिनिक एण्ड मेडिकेयर सेन्टर महेन्द्रनगरको प्राविधिक सहयोग रहेको थियो।

सोमबार वडा कार्यालय परिसरमा भएको शिविरमा हाड, जोर्नी, बाथरोग, नसा र जर्नल फिजिसियन सेवा सहित सामान्य स्वास्थ्य जाँच समेत गरिएको भीमदत्त १७ वडा कार्यालयले जनाएको छ।

शिविरमा वरिष्ठ हाड जोर्नी तथा बाथरोग विशेषज्ञ डा. अमृत घिमिरेले स्वास्थ्य जाँच गरेका थिए भने जर्नल फिजिसियन डा. स्मृति भट्टले सामान्य चेकजाँच गरेका थिए। स्वास्थ्यमा समस्या देखिएकालाई चिकित्सकको सल्लाह बमोजिम निःशुल्क औषधी समेत वितरण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?