५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

भीमदत्तमै पहिलोपटक भीमदत्त -११ ले सञ्चालन गरेको तीन महिने आधारभूत कम्प्युटर कोर्ष सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकामै पहिलोपटक वडा नम्बर -११ ले वडा भित्रका विद्यार्थीहरूका लागि सञ्चालन गरेको निशुल्क कम्प्युटर सम्बन्धी तिन महिने बेसिक कोर्स सम्पन्न भएको छ।

भीमदत्तमै पहिलोपटक सञ्चालन गरिएको तिन महिने बेसिक कोर्समा वडा भित्रका ५० जना विद्यार्थीहरूको सहभागिता रहेको वडा कार्यालले जनाएको छ।

वडा अध्यक्ष प्रकाश थापाले अहिलेको आधुनिक युगमा कम्प्युटर सम्बन्धी ज्ञान हुन आवश्यक भएकाले विद्यार्थीहरूलाई प्रविधी सँग जोड्ने उद्देश्यले तिन महिने बेसिक कोर्स सञ्चालन गरिएको बताए । उनले भने ‘ अहिलेको आधुनिक युगमा कम्प्युटर सम्बन्धी ज्ञान हुन आवश्यक छ, तसर्थ विद्यार्थीहरूलाई आधुनिक प्रविधि सँग जोड्न हामिले एउटा सानो प्रयास गरेका छौँ।’ साथै अध्यक्ष थापाले वडामा अन्य तालिम तथा सेवाका कार्यहरूमा निरन्तरता दिने प्रतिवद्धता समेत गरेका छन्।

समापन कार्यक्रममा भीमदत्त नगर उप प्रमुख नीलम लेखकको प्रमुख आतिथ्य रहेको थियो भने वडा अध्यक्ष प्रकाश थापाको सभापतित्व थियो।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नगर उपप्रमुख नीलम लेखकले भीमदत्त -११ वडा कार्यालयले विद्यार्थीहरुलाई प्रविधिसँग जोड्ने प्रयास गरेको भन्दै प्रसंसा गरेकी छन्। साथै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू गर्न सधैं तत्पर रहने प्रतिवद्धता गरेकी छन्।

देवल इन्सटिच्युट अफ टेक्नोलोजीले विद्यार्थीहरूलाई कम्प्युटर सम्बन्धी तिन महिने बेसिक कोर्स सिकाएको थियो। उक्त कोर्समा भीमदत्त -११ आधारभूत स्वास्थ्य सेवाका प्रमुख नरबहादुर टमाटा समेत सहभागी भएका थिए।

कार्यक्रममा भीमदत्तका प्रशासकिय प्रमुख हरि सिंह धामीको विशिष्ट आतिथ्यता रहेको थियो भने वडा सदस्य तथा न्यायिक समिति सदस्य रोजिना शाही पाठक, वडा सचिव भगवती जोशी, देवल इन्सटिच्युट अफ टेक्नोलोजीका सञ्चालक राम एसके र हिक्मत बुढा, अहेव पवन खड्का, अमृत कठायत लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?