भीमदत्त नगरपालिका -११ द्वारा विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -११ भुजेला स्थित महाकाली जनज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । आइतबार भीमदत्त नगरपालिका वडा नम्बर -११ ले विद्यालयमा कक्षा ६ र कक्षा ७ मा अध्ययनरत ३२ जना विद्यार्थीलाई विद्यालय पोसाक (टि सर्ट र ट्रयाक सुट) वितरण गरेको वडा अध्यक्ष प्रकाश थापाले बताएका छन्। 

वडा अध्यक्ष प्रकाश थापाले विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्दै यो कार्यक्रमले विद्यालयमा विद्यार्थीको उपस्थिति बढाउने विश्वास व्यक्त गरे ।  विद्यार्थीलाई एक/एक सेट ट्रयाकसुट र एउटा टिसर्ट वितरण गरिएको विद्यालयले जानकारी दिएको छ । यो कार्यक्रमले विद्यालयमा विद्यार्थीको उपस्थिति बढाउने विश्वास गरिएको छ ।  

साथै विद्यालयका प्रधानाध्यापक  तर्क राज जोशीले विद्यालयमा विपन्न समुदायका बालबालिकाहरू अध्ययन गर्दै आएको र विद्यालय पोशाक अनिवार्य भए पनि विद्यालयले उपलब्ध गराउन नसकेको अवस्थामा पोशाक पाउँदा निकै खुसी लागेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?