सहकारी ठगी प्रकरणबारे छानबिन गर्न संसदीय समिति बनाउन पहल भइरहेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी प्रकरणबारे संसदीय छानविन समिति बनाउने तर्फ संकेत गरेका छन् ।

शनिबार सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा उनले उच्चस्तरीय छानविन समिति बनाउने विषयमा आगामी मन्त्रीपरिषद् बैठकमा ठोस निर्णय हुन सक्ने बताएका हुन् ।

‘सहकारीको जटिलता गम्भीर बनेको छ । अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ‚’ बैठकमा उनले भने, ‘कुनै नेतालाई ताकेर होइन‚ समग्र समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाएर हल गर्न सकिन्छ कि भनेर पहल भइरहेको छ ।’

उनले संसदको अधिवेशन आह्वान गरिएपनि प्रतिपक्षीले चल्न दिने नदिने निश्चित नभएको पनि बताए । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?