बिआरआई लागू नगर्न नेताहरुलाई धम्क्याउँदै भारत

काठमाडौं – चिनियाँ सरकारको प्रत्यक्ष संलग्नतामा बन्न लागेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयन नगर्न छिमेकी राष्ट्र भारतले ब्यापक दबाव दिएको पाइएको छ । कछुवा गतिमा नै भएपनि अघि बढिरहेको बिआरआईलाई रोक्न एमसीसी र अमेरिकी कुटनीतिज्ञहरुसँगै भारतले सरकारमाथि दबाव दिइरहेको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ ।

नेकपा उच्च श्रोेतलाई आएको जानकारी अनुसार भारतले कर्मचारीलाई काम नगर्न दबाव दिएको र बिआरआई कार्यान्वयन नगर्न नेताहरुलाई धम्क्याउँदै आएको छ । बैसाख १८ गते काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा भएको पत्रकार सम्मेलनमा नेकपाका महासचिव विप्लव सीले ‘विदेशी हस्तक्षेप तिब्र भएको’ भन्दै यसको संकेतसमेत गरेका थिए ।

अमेरिकी कुटनीतिज्ञहरुले जिल्ला–जिल्लामा पुगेर सिडिओलाई बिआरआईसँग जोडिएका परियोजनाको काम अघि नबढाउन, एमसीसी परियोजनालाई सुरक्षा दिन, नेकपाको निगरानी बढाउन र नेकपासँग सरकारी कामकाजमा सहकार्य नगर्न दबाव दिएको श्रोतको दावि छ ।

अमेरिकीहरुले सरकारमाथि तथा कर्मचारीमाथि दैलोदैलो चाहारेर ब्यापक दबाव दिइरहेकोले राष्ट्रिय स्वाधीनतामा नै चुनौती थपिएको नेकपाका स्थायी समिति सदस्य अनिल सीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?