३१ असार २०८२, मंगलबार
३१ असार २०८२, मंगलबार

बैजनाथका प्रद्यानाध्यापक पुष्पमणी जोशीका ६० दिनमा ३० काम

कञ्चनपुर, बैशाख १९ : कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापकले दुई महिना अर्थात ६०दिनमा ३० काम गरेका छन । भीमदत्त नगरपालिका १४ बनकट्टीका बैजनाथ आधारभूत विद्यालयका प्रद्यानाध्यापक पुष्पमणी जोशीले दुई महिना अर्थात ६०दिनमा ३० काम गरेका हुन ।
शिक्षक जोशीले उक्त विद्यालयको गत फागुन दोस्रो सातादेखि प्रअको जिम्मेबारी सम्मालेका थिए । प्रअको जिम्मेबारी पाएका जोशीले सामुदायिक विद्यालय सुधारका लागि शुरुवाती चरणदेखि नै संस्थागत, व्यवहारिक योजना अघि सारेर शैक्षिक कामकाज अघि बढाएका थिए । प्रअ जोशीले बैजनाथ आधारभूत विद्यालय सुधार अघि सारेपछि शिक्षक, अभिभावक, विद्यार्थी हर्षित भएका छन । बैजनाथ आधारभूत विद्यालयका प्रद्यानाध्यापक पुष्पमणी जोशीले सामुदायिक विद्यालयको संस्थागत बृद्धि विकासका साथै शैक्षिक सुधारका कामकाज निरन्तर अघि बढाउँदै जाने प्रतिबद्धता जाहेर गरेका छन । प्रअ जोशीका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर खातीको निर्देशन सुझाव सल्लाह अनुरुप विद्यालय अघि बढिरहेको छ ।

प्रअ जोशीले होली खेलेर स्रोत बृद्धिदेखि विदाका दिनमा समेत निरन्तर सिकाईका जोडदिएका छन । यि हुन प्रअ जोशीले दुई महिनामा विद्यालयको संस्थागत विकासका लागि गरेका कामहरु
१) विद्यालयको आर्थिक अवस्था सुधार गर्न होली खेलेर एक लाख पाँच हजार बचत गर्न सफल ।
२) विद्यालय सुधारको प्रतिबद्धता सहित अभिभावक र सरोकारवालाहरू संग निरन्तर अन्तरक्रिया र सुझाव संकलन ।
३) भीमदत्त नगरपालिका का आदरणिय नगर प्रमुख र नगर ऊप प्रमुख ज्यूको समुपस्थितीमा विद्यालयमा अभिभावक संग भेटघाट र छलफल ।
४) कक्षा नर्सरी देखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा।पठनपाठन शुरू ।
५) विद्यार्थीहरूको टाई।बेल्ट र परिचय षत्र लागु गर्ने व्यवस्था ।
६) शिक्षक यरिचय पत्र र शिक्षक डायरी व्यवस्थापन ।
७) बालबालिकाहरूका लागी खेलकुद र मनोरञ्जनका साधनहरूको व्यवस्था ।
८) कक्षाकोठा र कार्यालयको सजावट सहित कार्पेट फर्निचरको व्यवस्था।
९) वि।व्य।स अध्यक्ष र पिटीए अध्यक्ष ज्यूहरूको सचिवालय स्थापना ।
१०) सहायक प्रधानाध्यापकको नियुक्ति र जिम्मेवारी निर्धारण ।
११) भर्ना संगै निःशुल्क पाठ्यपुस्तक र दिवा खाजाको उचित वितरण ।
१२) निजि स्रोत शिक्षकको नियुक्ति र तलब व्यवस्थापनका लागी नगरपालिकामा निरन्तर पहल ।
१३) नगरपालिकाबाट सामान माग गरि ११कोठामा विद्युत वाईरिङ्ग ।
१४) विद्यालय हाताको सरसफाई ।
१५) विद्यालयमा सरस्वती मन्दिर निर्माणकोलागी पहल श्री प्रेम ब। खाती ९पूर्व प्र।अ। समाजसेवी ज्यूबाट निर्माण हुने गरि शिलान्यास ।
१६) वडा नं १४ को सहयोगमा विद्यार्थीहरूलाई ३४ थान ट्रेक सुट उपलब्ध गराई वितरण ।
१७) विद्यार्थीहरूलाई संगितमय पि।टी। र नृत्य गायन कक्षाको व्यवस्था।
१८) बिदाको दिनमा समेत शिक्षक विद्यार्थीहरू निरन्तर विद्यालयमा आई शिक्षण सिकाईमा व्यस्त ।
१९ै विभिन्न तालिमहरूमा शिक्षकहरूलाई सहभागी गराउन प्रयास
२०) पठनपाठनका लागी आवश्यक व्यवस्थापन सहित अंग्रेजी र नेपाली माध्यममा नियमित कक्षा संचालन ।
२१) विद्यालय समयको पूर्ण उपयोग र समयको पालन ।
२२) प्रभावकारी सिकाईका लागी विद्यार्थी केन्द्रित विधिको प्रयोग ।२३) बिषयगत कक्षा शिक्षणका लागी कार्ययोजना र दैनिक समय सारीणीको निर्माण र कार्यान्वयन ।
२४) अंग्रेजी माध्यममा थप बिषय वस्तु र व्यवहारिक ज्ञानका कुराहरू को सिकाई व्यवस्थापन ।
२५) खानेपानी ।शौचालय र अन्य भौतिक सुविधा बृद्धिको प्रयास ।
२६) प्रार्थना समयमा थप क्रियाकलापको व्यवस्था जस्तै मन्तव्य। कविता ।गीत आदि गाउन अभ्यास गराउने व्यवस्थाको तयारी ।
२७) विद्यार्थीको रूचि अनुसार शिक्षण र अन्य क्रियाकलाप गस्न व्यवस्था गर्ने ।
२८) वि।व्य।स।र पिटीए को निरन्तर अनुगमन तथा राय सल्लाह ।
२९) प्रतिबद्धता पुरा गर्ने हर सम्भब प्रयास ।
३०) विद्यालयमा सिसिटिभी जडानको अन्तिम तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?