समाजवादी मोर्चा समाजावादी क्रान्त्तिको आधार तयार गर्न बनेको हो : सांसद गौतम

शोभराज बराल / रसुवा – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता बागमती प्रदेशसभा सांसद इन्द्रप्रसाद गौतमले समाजवादी मोर्चा, समाजवादी क्रान्तिको आधार तयार गर्न बनेको बताएका छन् । शनिबार समाजवादी मोर्चा नेपाल, रसुवाले आयोजना गरेको ‘समाजवादी अर्थ व्यवस्था र आर्थिक रुपान्तरणमा जनताको सहभागिता’, विषयक अन्तरक्रिया तथा सन्देश सभालाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् ।

उनले आज यो देशमा सामन्तवाद नभएको तर देश अर्को संकटमा फस्दै गएका कारण देश अर्कै ठाउँमा पुग्ने खतराबाट बचाउनका लागि समाजवादी क्रान्तिको आधार तयार गर्न समाजवादी मोर्चा बनेको बताए । ‘सामन्तवादको अन्तसँगै नेपालमा पुँजीवाद नभई दलाल पुँजीवाद, वित्तीय पुँजीवादमा रुपान्तरण भएको छ।’, उनले भने, ‘साम्राज्यवादले खडा गरेका भ्रमलाइ काउन्टर गर्न नयाँ विचारको विकास गर्न जरुरी छ । त्यो समाजवादी मोर्चाले गर्नेछ ।’

जनतको सहभागिता मिश्रित खालको, सबैलाई प्रत्यक्ष अनुभूत हुनेगरी आत्मानिर्भर अर्थ प्रणाली निर्माण गरेर साम्राज्यवादलाई परास्त गर्दै समाजवाद निर्माण गर्न सकिने उनको धारणा थियो । समाजवादको मुख्य बाधक दलाल पुँजीवाद भएको भन्दै त्यो भन्दापनि अर्को बाधक निजी सम्पत्ति स्स्म्बन्धी धारणालाई परिमार्जन गर्न नसक्नु भएको बताए ।

उनले निजी स्वामित्व सम्बन्धी स्पष्ट धारणा प्रष्ट नभै समाजवादको आधार तयार हुन नसक्नेसमेत जिकिर गरे। उनले थपे, ‘अहिले सरकारमा कम्युनिस्ट छ तर संचालित दलालबाट हुन्छ । त्यसको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचन प्रणाली भए जनताको शुद्ध मतले देशको नेतृत्व चुनिन्छ । दलालीकरणको अन्त्य हुन्छ।’

उनले जनताको आधारभूत मानविय आवस्यकताहरुको असमानताले व्यक्तिगत विकासमा ह्रास आएकाले समाजवादका लागि कन्भिन्स गर्न मुस्किल हुने तर्क गरे । उनले भने, ‘उत्पादन स्वामित्वमाथि दलालहरुको राज छ। अहिले साम्रज्यवाद भुमण्डलीकृत पुँजीवादमा परिणत भएको छ। त्यसलाई चिर्दै समाजवादी मोर्चाले समाजवादको आधार तयार गर्दै जानुपर्छ।’

नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथि रहेको कार्यक्रममा समाजवादी मोर्चा नेपाल, रसुवाका संयोजक शिव लामिछानेको अध्यक्षतामा रहेको थियो । नेकपा केन्द्रीय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज सागर सीले उपस्थिति सबैलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने फर्पु तेन्जिङलामाले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम नेकपाका पोलिटब्युरो सदस्य आजात सी, नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य राजेन्द्र लोहनी, माओवादी केन्द्रका प्रदेश सांसद इन्द्रप्रसाद गौतमले आफ्नो धारण रोेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?