बैजनाथ मावि बनकट्टी विद्यालयमा सरस्वती मन्दिर निर्माण सुरु

कञ्चनपुर, बैशाख १४ : कञ्चनपुरको एक सामुदायिक विद्यालयमा सरस्वतीको मन्दिर निर्माण शुरु गरिएको छ । भीमदत्त नगरपालिका १४ बनकट्टीमा सरस्वतीको मन्दिर निर्माण शुरु गरिएको हो । विद्यालयका पुर्व प्रद्यानाध्यापक समेत रहेका समाजसेवी प्रेम बहादुर खातीले आफ्नो निजी लगानीमा विद्यालयमा मन्दिर निर्माण गरिदिन लागेको विद्यालयले जनाएको छ ।
बैजनाथ माविका प्रद्यानाध्यापक पुष्पमणी जोशीले विद्याकी माता सरस्वती मन्दिरको निर्माण विद्यालयकै पुर्व प्रअ खातीले निजी लगानीमा निर्माण गरिदिन लागेको बताए । प्रअ जोशीका अनुसार शुक्रबार एक कार्यक्तमका विच उक्त मन्दिर निर्माण कार्य शिलान्यास गरिएको छ ।

शिलान्यास कार्यक्तममा मन्दिर निर्माता पुर्व प्रअ एव समाजसेवी प्रेम बहादुर खाती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर धामीले भूमि पुजन गरेर शुरुवात गरिएको छ । कार्यक्तममा विद्यालयमा पुर्व प्रअ एव मन्दिर निर्माता प्रेम बहादुर खाती, विव्यस अध्यक्ष हर्क बहादुर खाती, भीमदत्त नगरपालिका १४का कावा अध्यक्ष मान बहादुर विष्ट, सदस्य सदस्य तेज ब. कुँवर, युवा क्लबका अध्यक्ष राजेन्द्र ब. चन्द, पिटीए अध्यक्ष भानी चन्द ,प्रअ पुष्प मणि जोशी ,सप्रअ मीना चन्द सिह र शिक्षक कर्मचारी तथा अभिभावकहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?