माओवादी निकट क्रान्तिकारीद्वारा भर्ना शुल्क खारेजीको माग

कञ्चनपुर, बैशाख ६ : अखिल क्रान्तिकारीले चालु नयाँ शैक्षिक सत्र ०८१मा विद्यार्थी भर्नाका नाममा गैर कानुनी रुपमा विद्यार्थी भर्ना शुल्क बृद्धि नगर्न माग अघि सारेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरले नयाँ शैक्षिक सत्रमा सामुदायिक विद्यालयले गैर कानुनी रुपमा विद्यार्थीबाट भर्ना शुल्क अशुलिरहेको र निजी विद्यालयले अभिभावकको ढाँटसेक्ने गरी शुल्क बृद्धि गरिरहेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार क्रान्तिकारी कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै जथाभावि शुल्क बृद्धि नगर्न निजी विद्यालय र विद्यार्थीबाट भर्ना शुल्क नलिन अपिल गरेको छ ।

क्रान्तिकारी कञ्चनपुरले बृद्धि गरिएको शुल्क खारेजी गर्नुपर्ने,पाठ्यपुस्तक परिर्वतन गर्न नहुने, पहुँचका भरमा छात्रबृति वितरण रोक्नुपर्ने, छात्रबृतिमा अनियमितता गर्न नहुने, यातायातमा अनियमित शुल्क लिने, गैर कानुनी रुपमा संचालनमा रहेका विद्यालय बन्द गर्नुपर्ने माग अघि सारेको छ । विद्यालयमा दिने दिवा खाजामा समेत अनियमितता भएको अभिभावकबाट गुनासो बढिरहेका बेला क्रान्तिकारीले त्यसतर्फ समेत ध्यानकर्षण भएको जनाएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले हस्ताक्षर गरेको विज्ञप्तीमा विद्यार्थी भर्ना शुल्क, पाठ्यपुस्तक परिर्वतनदेखि शैक्षिक विकृती बिरुद्धमा क्रान्तिकारीले संघर्षको चेतावनी दिएको छ । सरकारले माध्यामिक शिक्षा निःशुल्क गरेपनि केही सामुदायिक विद्यालयले अनेकन बहानाबाजी गरेर भर्ना शुल्क लिएर अनियमितता गर्ने समेत क्रान्तिकारी दावि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?