६ जेष्ठ २०८१, आइतवार
६ जेष्ठ २०८१, आइतवार

वैशाख ९ गते सुदुरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह हुँदै

महेन्द्रनगर, वैशाख ०६ : सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह हुने भएको छ । आगामी वैशाख ९ गते चौथो दीक्षान्त समारोह दीक्षान्त समारोह भइरहेको विश्वविद्यालयले जानकारी गराएको छ । दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको सुपविवि परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गर्दै जनाएको हो ।

परीक्षा नियन्त्रक अनुराधा रोकायाले चौथो दीक्षान्त समारोहमा ३ सय ७६ जना प्रत्यक्ष दीक्षित हुने बताईन । उनका अनुसार यसपटक ४ जना एमफिल तर्फका विद्यार्थी दीक्षित हुन लागेका हुन् ।

व्यवस्थापन संकाय केन्द्रीय क्याम्पस स्नाकोत्तर तहका विद्यार्थी हेमन्त भट्टलाई चान्सलर र केन्द्रीय क्याम्पस ईन्जिनियर संकाय स्नातक तहका नविन प्रंशाद भट्टलाई भ्वाईस चान्सलर पदक पाउने भएका छन । यस्तै निरा कुमारी जोशी, गणेश दत्त शर्मा, बिरेन्द्र चौधरी, हरि प्रशाद अवस्थी, अभिषेक गिरी, सुनिल थापा, नविन प्रशाद जोशी, टार्जन भण्डारीले गोल्डमेडल पाउन लागेका छन ।

प्रधानमन्त्री एव सुपविका कुलपति पुष्पकमल दाहाल(प्रचण्ड)को अध्यक्षतामा हुने कार्यक्तममा कुमाउ विश्वविद्यालयका कुलपति दिवान सिह रावतको प्रमुख आथित्यमा हुने छ । उक्त दीक्षान्त समारोहमा शिक्षा विज्ञान तथा प्रविधीमन्त्री सुमना श्रेष्ठ सहितको सहभागिता हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?