सांसदहरू समयमै नपुगेपछि परराष्ट्रमन्त्री श्रेष्ठ बैठक छाडेर हिँडे…

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक छाडेर हिँडेका छन् । मंगलबार बिहान सिंहदरबार स्थित समितिको हलमा साढे १० बजेका लागि बोलाइएको बैठक तोकिएको समयमा सुरु नभएपछि उनी बैठक कक्ष छाडेर हिडेका हुन् ।

मन्त्री श्रेष्ठ १० बजेर २८ मिनेटमा अर्थात् २ मिनेट अगाडि नै बैठक हल पुगेका थिए । त्यसबेला एक जना मात्र सांसद सुनिता बराल उपस्थित थिइन् । समिति सभापति राजकिशोर यादव मन्त्री बैठक कक्षमा आएको ८ मिनेटपछि हलमा प्रवेश गरेका थिए ।

तर, बैठक सञ्चालनका लागि १०ः४५ बजेसम्म पनि १४ जना सांसद नपुगेपछि उनले आफ्नो अरू पनि काम भएकाले सांसदहरूलाई कुरेर बस्न नसक्ने भन्दै बैठक छाडेर मन्त्रालयतिर लागेका हुन् । त्यसपछि मन्त्री श्रेष्ठसँगै मन्त्रालयका सचिव तथा कर्मचारीहरू पनि समितिबाट बाहिरिए ।

आजको बैठकमा मन्त्रीस्तरबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण माग्ने, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेश स्थित नेपाली नियोगहरूको विवरण, तिनको वर्तमान अवस्था, भोग्नुपरेको समस्या र सुधारका पक्षहरू बारे छलफल गर्ने कार्यसूची राखिएको थियो । तर, मन्त्री श्रेष्ठ निस्किएपछि नेमकिपा सांसद प्रेम सुवाल लगायतका केही सांसद आएपनि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?