सुदुरपश्चिम विश्वविद्यालयमा ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’आजदेखि सुरु

महेन्द्रनगर । नेपालस्थित ‘द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपाल’को आयोजनामा बुधबारदेखि सुदुरपश्चिम विश्वविद्यालयमा ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ सुरु भएको छ ।

‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्षः सांस्कृतिक विविधताको उत्सव’ नारासँगै १३औँ संस्करणको उक्त महोत्सव यही चैत २८ र २९ गतेसम्म हुन लागेको हो ।

“युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० वर्ष मनाउन युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटिक सिर्जनशीलता काठमाण्डौं , लुम्बिनी , कर्णाली र सुदूरपश्चिममा नेपाली दर्शकसँग आदानप्रदान गर्न पाउँदा म अत्यन्त हर्षित छु”, नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा.जोएल इभोनेटले भने । उनले युरोपियन युनियन र नेपाल बीचका सांस्कृतिक मूल्य मान्यताको संरक्षण र सम्बर्द्धन गर्नु यस महोत्सबको उद्देश्य हो र अन्य धार्मिक प्रचार गर्ने ध्यय नभएको प्रष्ट्याईन ।

महोत्सवमा ९ वटा युरोपियन चलचित्रहरु र १२ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । महोत्सवको लागि लघु चलचित्र छनौट गर्न नेपाली युवा चलचित्र निर्देशकहरुका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो जसमा १२ वटा लघुचलचित्र सबमिट् भएका थिए । ती ५२ मध्येबाट १२ वटा लघुचलचित्र महोत्सवका लागि छनौट गरिएको हो।

चुनिएका ९ वटा युरोपेली चलचित्रमध्ये महेन्द्रनगरमा मेरियन ब्लिचर निर्देशित मिस भीर्वोग(डेनमार्क), इम्यानुएल परभु निर्देशित मिकादो (रोमानिया, चेज रिपब्लिक), पिलर पालोमेरो निर्देशित स्कूलगर्लस् (स्पेन), एन्टोनियो लुकीच निर्देशित लक्जेम्बर्ग लक्जेम्बर्ग (युक्रेन), इभान ओस्ट्रोचोभ्स्की निर्देशित सर्भेन्टस् (चेज रिपब्लिक, आयरल्याण्ड, रोमानीया, स्लोभाकीया) प्रदर्शित गरिने छ भने १२ वटा लघु नेपाली चलचित्रमध्ये शान्ता नेपाली निर्देशित ध्येय ड्रिम्स, गोपाल आचार्य निर्देशित आखत (डिभिनेसन), रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, मिराज रोशन ठकुरी निर्देशित रातो पछ्यौरी, आकांक्षा कार्की निर्देशित सनाई, सन्तोष दाहाल निर्देशित द मिराज र अनिल कुर्मी निर्देशित फेरा प्रदर्शित हुनेछन् ।

चलचित्र प्रदर्शनका अलावा चलचित्रकर्मी तथा लेखक मोहन राईले युरोपेली चलचित्र सभ्र्थ्यान्स्मा आधारित भएको फिल्म एप्रिसिएसनसम्बन्धी मास्टरक्लास पनि सञ्चालन गर्ने छन्

साथै उपप्रमुखम डा. जोएल इभोनेट्ले चैत्र ३० गते बिहान १० देखि ११ बजे विश्वविद्यायका विद्यार्थीहरुका लागि नेपाल युरोपियन युनियनबीचको दौत्य सम्बन्ध, विकास सहकार्य आदि बारे व्याखान पनि दिनु हुने कार्यक्रम छ ।

नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले ‘फिल्म क्रिटिक्स् कम्पिटिसन’ (चलचित्र समालोचना प्रतियोगिता) समेत आयोजना गर्दैछ । यस प्रतियोगितामा उत्कृष्ट चलचित्र समीक्षा/समालोचनालाई ‘फिल्म क्रिटिक्स् अवार्ड’ प्रदान गरिनेछ । यस प्रतिस्पर्धाका विजेताहरु पनि यसैवर्षको शरदमा बसेल्समा आयोजना हुने नेपाली चलचित्र महोत्सवमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?