१३ माघ २०८१, आइतवार
१३ माघ २०८१, आइतवार

वेदकोट नगरपालिकाको ९ नं वडा कार्यालय भवनको उद्घाटन

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -०९ वडा कार्यालयको नव निर्मित भवनको उद्घाटन गरिएको छ। वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा मङ्गलबार नव निर्मित भवनको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर -०९ का अध्यक्ष जनक बहादुर बिष्टको सभापतित्व रहेको थियो।

नव निर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख बोहराले भवन निर्माणका लागी जग्गा दान गर्ने तथा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै जनताको सबै भन्दा बढी काम वडा कार्यालयमा पर्ने हुँदा सहज र सुलभ रुपमा जनप्रतिनिधि तथा कर्मचारीहरूले सेवाग्राहीहरूलाई सेवा दिन निर्देशन समेत दिएका छन्।

त्यसैगरी वडा अध्यक्ष बिष्टले विगतमा भवन अभाव हुँदा भाडाको घरबाट सेवा दिनु पर्ने अवस्थाका कारण स्थानीय रामी भाट र टिकेन्द्र भाटले जग्गा दान दिए पछि हाल संघ सरकारको विषेश अनुदानको रकम बाट आफ्नै प्रशासकीय भवन निर्माण गर्न सफल भएको बताउँदै भवन निर्माण पश्चात नागरिकलाई सहज रुपमा सेवा दिन सकिने समेत बताएका छन्।

तिन कोठा, एक सभाहल र तिन शौचालय सहितको उक्त वडा कार्यालय भवन लगभग ४९ लाख ३० हजार रकममा निर्माण भएको हो। उक्त भवन उद्घाटन समारोहमा जग्गा दान गर्ने भाट परिवारलाई कदर पत्र सहित सम्मान समेत गरिएको छ । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि लगायत स्थानीहरूको भव्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?