निशान भट्टराई र ऋचाको सहमतिमै सम्बन्ध विच्छेद

काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले सम्बन्धमा दरार आएपछि सहमतिमै सम्बन्ध विच्छेद गरेका छन् ।

चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र मरिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’

२०७७ सालमा यी दुईबिच कानुनी विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेपनि सम्बन्ध लामो समय टिक्न नसकेको हो । निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन् । ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?