लालझाडीको शारदा माविमा शिक्षक भर्नामा चलखेल भएको भन्दै न्याय समितिमा उजुरी

कञ्चनपुर, चैत्र २५ : कञ्चनपुरको एक सामुदायिक विद्यालयमा शिक्षक भर्नामा चलखेल भएको भन्दै प्रशिक्षार्थीहरुले न्याय समितिमा उजुरी दिएका छन । लालझाडी गाँउपालिका १ नौरङ्गमा रहेको शारदा राष्ट्रिय माविमा शिक्षक भर्नामा चलखेल भएको भन्दै प्रशिक्षार्थीहरुले न्याय समितिमा उजुरी दिएका हुन ।

निमावि राहत नेपाली विषयको शिक्षक भर्नाका लागि विद्यालयले २५ चैत्र (आइतबार) बस्तुगतको प्रथम परीक्षा गाँउपालिका कार्यालय कञ्जमा गरेको थियो । परीक्षामा सहभागि ३९ उम्मेदवार मध्ये ३२ परीक्षामा १ मात्रै उम्मेदवारलाई मात्रै उर्तिण गरेर चलखेल गरेको भन्दै अन्य प्रशिक्षार्थीहरुले सामुहिक रुपमा लालझाडी गाँउपालिका न्याय समितिमा उजुरी दिएका छन ।

२२ माघ ०८० मा शारदा राष्ट्रिय माविले निमावि तह नेपाली विषयको शिक्षक भर्नाका लागि सुचना आब्हान अनुरुप प्रथम बस्तुगत खण्डको परीक्षामा ३२ जना सहभागि भएका थिए । जसमध्ये संगिता कुमारी रानालाई मात्रै बस्तुगत परीक्षामा उर्तिण गरेको भन्दै उनीहरुले नतिजामा चलखेल भएको भन्दै उजुरी दिएका छन ।

उनीहरुले विद्यालयदेखि पालिकाका जिम्मेबार अधिकारीको मिलोमतोमा जसलाई शिक्षक बनाउनुपर्ने हो, उसैलाई मात्रै उर्तिण गराएर चलखेल गरेको आरोप लगाएका छन । आर्थिक लेनदेनको सौदाबाजीमा शिक्षक भर्ना गर्न नियत देखिएकाले न्याय समितिमा उजुरी दिएको र भावि दिनमा अख्तियार सहितका निकायमा समेत उजुरी दिने उनीहरुको चेतावनी दिएका छन । उम्मेदवारहरुले एक जना मात्रै उर्तिण गराउने नियत भएकाले अरुलाई पहिलो पशिक्षाबाटै आवट गराएको दावि गरेका छन । आफुहरु पनि स्नातक, स्नाकोत्तर गरेर तर, परीक्षा समितिले एक जनालाई मात्रै उर्तिण गराएर परीक्षाको मार्यादा समेत उलङघन गरेको टिप्पणी गरेका छन । शारदा राष्ट्रिय माविमा प्रद्यानाध्यापक रमाकान्त उपाध्यायले शिक्षक छनौटमा पुर्ण प्रकृया एव कानुन अनुरुप छनौट भईरहेको बताए । शिक्षक आयोगकै परमेटमा शिक्षक छनौट गरिन लागेको प्रअ उपाध्यायले बताए । ‘हामीले शिक्षक भर्नामा कुनैपनि चलखेलदेखि लोभ लालसाका विषय गर्ने कुनै भएन, ‘उनले भने, ‘निष्पक्ष रुपमा कोडिङ्ग डिकोडिङ्ग गरेका छौँ, त्यो विज्ञलाई पनि कसको कपि हो भनेर थाहै हुदैन ।’ नियम विपरित नभएको दावि गर्दै प्रअले बस्तुगतमै अनुतिर्ण भएका प्रशिक्षार्थीले असन्तुष्टी मात्रै पोखेको बताए । प्रअ उपाध्यायले यस अघि पनि निजी शिक्षक भर्नामा १७÷१८जनाले दरखास्त आब्हान गरेको तर, बस्तुगतमा कुनैपनि उम्मेदवार उर्तिण नभएपछि भर्ना प्रकृया नै रोकेको बताए । अहिले एक जना उम्मेदवारले मात्रै ५०प्रतिशत भन्दा बढि अंक ल्याएर उनलाई उर्तिण गरिएको बताए । कुनैपनि कोणबाट परीक्षा निष्पक्ष र कानुनी प्रकृया अनुरुप भएकाले आफुहरुमाथि लागेको आरोप निराधार भएको र छानबिन पुष्टी गर्न प्रअ उपाध्यायले चुनौती दिएका छन ।

लालझाडी गाँउपालिका शिक्षा अधिकृत सिद्धराज भट्टले पहिलो खण्डकै बस्तुगत परीक्षामा ५० प्रतिशत अंक एक उम्मेदवारले मात्रै ल्याउन सकेकाले उक्त उम्मेदवार उर्तिण भएको बताए । ‘परीक्षामा कुनैपनि कमिकमजोरी भएको मैले देखिन, ‘उनले भने, ‘शिक्षक भर्नामा कहिकतैबाट आर्थिक, भौतिक लोभलालसा पुष्टी भए संलग्न जो कोहीपनि कार्बाहीको भागिदार हुन्छन ।’ परीक्षा निष्पक्ष पारदर्शी भएको शिक्षा अधिकृत भट्टको दावि छ । लालझाडी गाँउपालिका उपाध्यक्ष समेत रहेकी न्याय समिति संयोजक सपना राना(चौधरी)ले शिक्षा समितिको संयोजक गाँउपालिका अध्यक्ष हुने प्रावधान भएपनि प्रशिक्षार्थीले नतिजामा असन्तुष्ट जनाएर न्याय समितिमा उजुरी दिएको पुष्टी गरेकी छिन । उनले आफ्नो क्षेत्राधिकार नभएकाले यस विषयमा शिक्षा समितिका अध्यक्षबाटै बुझ्नुपर्ने बताईन । कञ्चनपुरमा सामुदायिक विद्यालयमा आयोग बाहेक शिक्षक भर्नामा जहिल्यै वाद विवाद, आरोप प्रत्यारोप चलखेलले अभिभावक चिन्तित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?