कञ्चनपुर – कञ्चनपुरका दुई पत्रकार सम्मानित भएका छन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) ले आफनो छैँठौ जिल्ला अधिवेशनमा शुक्लाफाँटा एफएमका समाचार प्रमुख सुजित रमेश सिनाल र सुदूरपश्चिम खबरका समाचार प्रमुख प्रकाश भट्टलाई सम्मान गरेको हो ।
एनप्याब्सनले जिल्लामा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा उल्लेखनिय भुमिका निर्वाह गरी सञ्चारको माध्यमबाट समाचार प्रशारण र प्रकासित गरेर आम जनमानसलाई सुचनामा पहुँच वृद्धि गरे वाफत दुवै जनालाई सम्मान गरिएको एन प्याबसनका सचिव बलदेव भट्टले जानकारी दिनुभयो ।
पत्रकारद्वय सिनाल र भट्टले आफुमा थप जिम्मेवारी आएको बताउँदै आगामी दिनहरुमा पनि सञ्चारको माध्यमबाट आम जनमानसमा सुचनाको प्रवाहमा सत्य तथ्य र निश्पक्ष भएर लाग्ने बताएका छन् ।
सिनाल विगत १४ वर्षदेखी विभिन्न सञ्चार माध्यममा रहेर काम गरिरहेका छन् भने भट्ट पछिल्लो समय सक्रिय रुपमा कञ्चनपुरमा सञ्चार क्षेत्रमा काम गरिरहेका छन् ।