१३ माघ २०८१, आइतवार
१३ माघ २०८१, आइतवार

बेलडाँडीमा ईमर्जेन्सी हाऊस बनाउँनका लागि पालिकाद्धारा ठाउँ खाली गराइदै

केशब थापा, बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ईमर्जेन्सी हाऊस बन्नको लागि ठाउँ खालि गरिएको छ । बेलडाँडी गाउँपालिकाले आज बुधवार ईमर्जेन्सी हाऊसका लागि ठाउँ खाली गराएको जनाएका छन् ।

बेलडाँडी गाउँपालिकाले ईमर्जेन्सी हाऊस निर्माणका लागि वडा नं.२ मा रहेको बस पार्क संग जोडिएको जमिन खाली गराएको हो । बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाका अनुसार हाऊस निर्माणका लागि ठेक्का भइसकेकाले निर्माण व्यवसायीलाई ठाउँ दिनुपर्ने हुदा आज ठाउँ खालि गराएको जनाउनु भयो ।

आपतकालिन अवस्थामा जो कोहिलाई समेत बस्न हुने गरि भवन निर्माण गरिने रानाले बताउनु भयो । आपतकालिन अवस्था श्रृजना भयो भने पालिकालाई त्यस्तो भवन समेत नरहेकाले यो कार्य अघि बढाएको पालिकाले जनाएको छ ।

उक्त भवन निर्माण कार्यका लागि संघिय परियोजना कार्यान्वयन एकाईबाट बजेट विनियोजन गरिएको छ भने बेलौरीमा रहेको पिएन डेब्रोफर निर्माण कम्पनीले ५८ लाखमा ठेक्का सम्झौता गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (88%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (13%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?