शिवनाथ गाँउपालिका निर्वतमान उपाध्यक्ष चन्द भन्छिन, ‘एमाले छाडेपछि म माथि राजनीतिक प्रहार भईरहेको छ’

कञ्चनपुर, चैत्र १४ : बैतडीको शिवनाथ गाँउपालिका निर्वतमान उपाध्यक्ष कुश्मा चन्दले आफुले नेकपा एमाले पाटी परित्याग गर्दा निरन्तर राजनीतिक रुपमा प्रहार भईरहेको बताएकी छिन । बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै शिवनाथ गाँउपालिका निर्वतमान उपाध्यक्ष कुश्मा चन्दले आफुले नेकपा एमाले पाटी परित्याग गर्दा निरन्तर राजनीतिक रुपमा प्रहार भईरहेको बताएकी हुन । उनी ०७४ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट शिवनाथ गाँउपालिका उपाध्यक्ष भएकी थिईन । गाँउपालिका उपाध्यक्ष हुँदा उनले आफुमाथि पाटीका केही नेता कार्यकर्ताहरुले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मत क्रस गरेको आरोप लगाएको र त्यसपछि आफुले ०७८ सालमा नेकपा एमाले परित्याग गरेर नेपाली काँग्रेस प्रवेस गरेको बताईन ।

कुश्मा उतिबेला एमाले बैतडी जिल्ला सदस्य रहेकी थिईन । त्यसपछि काँग्रेस प्रवेस गर्दा पनि उनी काँग्रेस जिल्ला सदस्य भएकी थिईन । आफुमाथि केही एमालेका नेता कार्यकर्ताहरुले पाटीमा फर्किनका लागि समेत दवाव दिएको बताउदै पाटीमा नफर्किएपछि प्रहार भईरहेको बताईन । ‘मेरो व्यक्तिगत, राजनीतिक, समाजिक एव पारिवारिक बेईजती गर्न अहिले केही समाजिक सञ्जाल, मिडिया प्रयोग गरेर बेईजती भईरहेको छ, ‘उनले भनिन, ‘जे जति विषय बाहिर आईरहेका छन, ति सबै मिथ्या हुन ।’ आफुलाई पाँच दिन अघि मात्रै एमाले पालिकादेखि केन्द्रसम्म नेताहरुले पाटीमा फर्किन आब्हान गरेको छ, आफु नगएको बताईन । ‘ममाथि लगाईएका आरोप सबै झुटा हुन, यति प्रमाणित भए म दोब्बर कार्बाही भोक्न तयार हुन्छ, ‘उनले भने, ‘यसरी मेरो राजनीतिक सिध्याउन एक गिरोह सकृय भएको छ ।’ उनले बाहिर आएका विषयमा भ्रममा नपर्न समेत उनले आग्रह गरेकी छिन । आफु सदैव जनताको काममा खटिने बताउदै उनले समाजिक बेईजती नगर्न आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?