माओवादी युवा नेता दिपक भट्ट कृष्ण माविको अध्यक्ष

कञ्चनपुर, ११ चैत्र : नेकपा माओवादी केन्द्र कञ्चनपुरका एक युवा नेता सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन । माओवादी केन्द्रका युवा नेता दिपक भट्ट शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटामा रहेको कृष्ण माध्यामिक विद्यललय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन ।

अभिभावक भेलाले भट्टलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मन चयन गरेपछि माओवादी नेता भट्टले विद्यालयको नेतृत्व सम्हालेका छन ।

अध्यक्ष भट्टसंगै सदस्यमा पदमराज भट्ट, अम्बादत्त भट्ट, गिता महर, कमला देवी साउद, बिन्दु देवी साउद, शेर बहादुर नेगी शिक्षक प्रतिनिधी, सरस्वती जोशी वडा प्रतिनिधी र विद्यालयका प्रअ रामदत्त जोशी स्वत सदस्य सचिव हुने प्रावधान रहेको छ ।

पुर्व विद्यार्थी नेता समेत रहेका कृष्ण माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक भट्टले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका साथै राज्यको लगानीमा संचालित विद्यालय विकासका योजना अघि ल्याउने बताए । ‘जसरी मलाई आम अभिभावकले विश्वास गरेर विद्यालयको नेतृत्वको जिम्मेबारीमा पु¥याएको छ, त्यसरी नै मैले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि पहल गर्छु, ‘उनले भने, ‘एकातिर विद्यालयको आन्तरिक शैक्षिक स्तर बृद्धि अर्कारित भौतिक बृद्धि विकासका लागि खटिन्छु ।’ जनताले गरेको विश्वास अनुरुप समुदायको विद्यालय बनाएर अघि बढ्ने उनको संकल्प छ ।
\

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?