हिरासतमा राख्न अनुमतिका लागि महरालाई लगियो अदालत

काठमाडौँ- प्रहरीले सुन तस्करी प्रकरणमा प्रकाउ पर्नु भएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालत लगेको छ ।

प्रहरीले महरलाई हिरासतमै राखेर अनुसन्धानका लागि अदालतको अनुमति लिन जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो ।

सुन तस्करी प्रकरणमा छानविन आयोगले महरालाई दोषी ठहर गरेपछि प्रहरीले महरालाई आज विहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करी प्रकरणका दोषीहरुलाई कारवाही गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको थियो ।

त्यसो त सुन तस्करी प्रकरणमा छानविन आयोगले थप अनुसन्धान गर्नुपर्ने समेत राय दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूरक अनुसन्धानको लागि प्रकृया अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?