एमाले कञ्चनपुरले पदाधिकारी चयन गर्न चुनाव गर्दै,चन्दलाई आउट गर्न खोजेको आरोप

कञ्चनपुर – अशोक कुमार चन्दलाई सहमतिमा उपाध्यक्ष र सचिव बाट समेत आउट गर्न खोज्दा एमाले कञ्चनपुरको अधिवेशन चुनावी मैदानमा होमिँदै गएको छ। चन्दलाई पदाधिकारी बाटै आउट गर्न खोजे पछि एमाले कञ्चनपुरको अधिवेशनमा चुनाव हुने भएको हो।

अशोक कुमार चन्द नेकपा एमाले कञ्चनपुरका युवा चर्चित नेता हुन।  अशोक कुमार चन्द एमालेमा मात्रै नभई अन्य दलका नेता कार्यकर्ताहरू सहित जनता माझ लोकप्रिय नाम हो।  २०७४ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा एमाले युवा नेता चन्द वेदकोट नगरको मेयरमा निर्वाचित भएका थिए ।

चन्द लोकप्रिय मतका साथ जसरी मेयरमा निर्वाचित भए त्यसरी नै आफ्नो पाँच वर्षे मेयरको कार्यकाल विवाद रहित पारदर्शी नगर समृद्धिको बिउ रोपेर निष्कलङ्क छवि बनाएका तिनै निवर्तमान मेयर अशोक कुमार चन्द अहिले नेकपा एमाले कञ्चनपुर नेतृत्व (अध्यक्ष) को यात्रामा छन । दोस्रो ठूलो दल नेकपा एमाले कञ्चनपुरको अध्यक्षका लागि अध्यक्ष चन्द आकांक्षी देखिएका हुन। यस अघि ८ औँ जिल्ला अधिवेशनमा सचिवमा पल्लवराज भट्टसँग झिनोमतले पराजित भएका चन्दले अब मूल जिल्ला नेतृत्व हाँक्ने आँट गरेका छन । एमाले कञ्चनपुरको ९ औँ अधिवेशनबाट चन्द अध्यक्षका बलिया उम्मेदवार हुन । 

उनलाई युवा पङ्क्ति सहितको साथ सर्मथन रहेको केही एमाले नेताहरूले बताएका छन । झण्डै तीन दशकदेखि राजनीतिमा सकृय युवा नेता चन्दको साथमा बलियो युवाशक्ति रहेको छ । चन्दको पक्षमा देखिएका नेताहरूले कञ्चनपुरमा पनि अन्य जिल्लाहरू जस्तै सर्वसम्मत नेतृत्व बनाउनका लागि दौडधुप बढाएका थिए।

एमालेलाई कञ्चनपुरमा आगामी ०८४ को जिल्लामा लालकिल्ला बनाउनका लागि पाटी नेतृत्व युवाको काँधमा दिनुपर्ने आम एमाले नेता कार्यकर्ताहरूको भावना रहेको छ । एमाले जिल्लाको नेतृत्वका लागि चन्द देखिएपछि नेता कार्यकर्ताहरू समेत उत्साहित भएर चन्दकै नाममा सहमति गराउन सकृय देखिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?